पश्चिम नवलपरासीमा बिपदको समयमा उद्दारमा खटिने सुरक्षा निकाय , स्वयमसेबकलाई उद्दार तथा प्राथमिक स्वस्थ्य सम्बन्धी प्रशिक्षण दिइएको छ ।
जिल्ला विपद व्यवस्थापन तथा प्रतिकार्य समितिको आयोजनामा विपदमा परेका घाइतेहरुलाई उद्धार तथा प्राथमिक उपचार कसरी गर्ने भन्ने सम्बन्धमा प्रशिक्षण दिइएको हो । विपद व्यवस्थापनमा खटिने नेपाल प्रहरी नेपाली सेना, सशस्त्र प्रहरीलाई प्रयोगात्मक अभ्यास सहित प्रशिक्षण प्रदान गरिएको हो ।
नेपाल प्रहरी २५ जना, गोरखदल गण परासीका २० जना सेना , सशस्त्र प्रहरी बल का २९ जना गरी ७४ जना सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो । विपदमा परेका घाईतेहरुलाई उद्धार तथा प्राथमिक उपचार कसरी गर्ने भन्ने सम्बन्धमा पालिका स्तरमा पनि पुर्ब तयारी सुरु भएको छ ।
पश्चिम नवलपरासी प्राकृतिक बिपत्तिमा पर्ने जिल्लाको संबेदनसिल जिल्लामा पर्दछ । बिपद ब्यवस्थापनका लागि तालिम प्राप्त उद्दारकर्ता तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् ।