18.1 C
Kathmandu
Flowers in Chania

गण्डक ब्यारेजको ३६ सबै ढोका खोलियो

- Advertisement -


लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बहाब बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।ब्यारेजमा पानीको बहावउच्च भएपछि नेपाल र भारत तर्फको सबै ढोका खोलिएको छ । नदीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी काशीनाथ हरिजनले बताए । ब्यारेजमा अहिले २ लाख ६० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ । संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीनलाख क्युसेक पानीको प्रवाहमा खतराको सुचक मानिन्छ । नारायणी नदीको देवघाटमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । नारायणी नदीमा बाढीको कारण क्षतीपुग्न सक्ने भन्दै चितवन , पुर्वी र पश्चिम नवलपरासीमा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ । पश्चिम नवलपरासीको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले ब्यारेजको ३६ वटै ढोका खोलिएको र तटीय क्षेत्रका बासीन्दालाई सजग रहन र सम्भावित डुबान र कटानमा उद्धारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको बताईन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्