25.1 C
Kathmandu
Flowers in Chania

पांग्रेमा गएको पहिरो एक हप्ता सम्म पनि नहट्दा आवतजावतमा समस्या

- Advertisement -Flowers in Chania

पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीबाट पहाडी भेग जोड्ने हुप्सेकोट गाउंपालिका वडा नम्बर ५ को पांग्रेमा गएको पहिरो एक हप्ता सम्म पनि नहट्दा आवातजावतमा समस्या भएको छ । पुर्व पश्चिम राजमार्गको कावासोती कुमसोत–पोखरी खण्डको पांग्रेमा एक हप्ता अगाडी झरेको पहिरो अझै हटेको छैन् । पहिरो हटाउने प्रयसा भएको भएपनि लगातारको वर्षाको कारण पहिरो खसीरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी बेद बहादुर पौडेलले बताउनुभयो । हप्ता दिन सम्म पनि पहिरो नहट्दा बौदीकाली र बुलिङ्गटार गाउंपालिकाका स्थानीय सदरमुकाम आउजाउ गर्नका लागि कालिगण्डकी करिडोरको बाटो प्रयोग गर्न बाध्य छन् ।
यसैगरी पुर्व पश्चिम राजमार्ग अन्र्तगत बुटवल नारायणगढ सडक खण्डको चोरमारा , दाउन्ने खण्डमा हिलो र लेदोले गर्दा माल बहाक सवारी संचालनमा कठीनाई भएको छ । प्रहरीले बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्