कावासोती
नेपाल प्रेस युनियनले नवलपुर सहित देशभरका नेपाल पत्रकार महासंघको कार्यालयहरुमा सोमबार धर्ना दिएको छ । महासंघको केन्द्रीय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार विहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम सम्पन्न गरिएको नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष खगराज सापकोटाले बताउनु भयो ।
नेपाल पत्रकार महासंघले नयाँ सदस्यता वितरणमा विधि, विधान र प्रक्रिया पालना नगरेको भन्दै नेपाल प्रेस युनियनले केन्द्रसहित सबै जिल्लामा धर्ना दिएको नेपाल प्रेस युनियन नवलपुरका अध्यक्ष सापकोटाले बताउनु भयो ।
महासंघले निर्वाचन प्रक्रियाका लागि सदस्यता सार्वजनिक गरेकोमा क्रियाशिल पत्रकारहरुले समेत नचिन्ने गरी गैर पत्रकारलाई महासंघको सदस्यता वितरण गरिएको भन्दै नेपाल प्रेस युनियनले केन्द्रीय कार्यलयसहित देशैभरका कार्यलयमा तालालगाएर आन्दोलन शुरु भएकोनेपाल प्रेस युनियनका केन्द्रिय सदस्य घनस्याम बगालेले बताउनु भयो । उहाँले कोहि पनि क्रियाशिल सदस्य यो त्यो बाहानामा नेपाल पत्रकार महासंघको सदस्यताबाट वञ्चित गराउननहुने भन्दै आन्दोलनलाइ अझ सशक्त बनाउन युनियनलागि पर्ने बताउनु भयो ।
विधि र प्रक्रियाविपरित सार्वजनिक गरिएको नामावलीखारेज गर्नुपर्ने तथाजिल्ला र प्रदेशबाट सिफारिस गरेका एवं योग्यतापुगीआवेदनदिएका सदस्यको सदस्यताकायम गर्नुपर्नाका साथै नविकरण छुटेका र मापदण्ड पुगेका पत्रकारको नविकरण नभएसम्मआन्दोलन जारी रहने नेपाल प्रेस युनियननवलपुरकाउपाध्यक्षमिना कंडेलले बताउनु भयो ।
नेपाल प्रेस युनियनलेकेन्द्रसहित गरिएको धर्ना कार्यक्रममा प्रेस युनियननवलपुरमा रहेका क्रियाशिलपत्रकारहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजिकरण प्रेस युनियननवलपुरका सचिवकल्पनाकुवरले गर्नु भएको थियो ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
