18.1 C
Kathmandu
Flowers in Chania

पूर्वी नवलपरासीमा २० प्रतिशत रोपाई

- Advertisement -

मीना कंडेल
कावासोती, असार १५ गते ।
पूर्बी नवलपरासीमाधान रोपाई शुरु भएको छ । असारको दोस्रो सातावाट जिल्लाकाविभिन्न ठाउमा धान रोपाई शुरु गरिएको छ । मानो रोपेर मुरी फलाउने असार महिनामायतिखेर किसानहरु खेतमाव्यस्त देखिएका छन । आकाशे पानिपर्याप्तनपरेपनिवोरिड., कुलोको पानिसिचाई गरेर धान रोपाई शुरु गरेको कृषकहरुले बताएका छन ।
नवलपुर सहित देशभर २१ औँ राष्ट्रिय धानदिवस बाजागाजा सहितविभिन्नकार्यक्रमको आयोजना गरि मनाईएको छ । यो वर्ष जलवायुमैत्री कृषि, धानउत्पादनमा वृद्धि भन्ने नाराका साथधुमधामका साथदिवस मनाइरहेका छन् ।असारे भाकामालोकदोहोरी गीतगाउँदै, हिलो छ्यापाछ्यापगर्दै आजधान रोप्ने चलन रहेको छ । असार १५ लाई नेपाली समाजमादहीचिउरा खाने पर्वका रूपमापनि लिइन्छ ।
असारको दोस्रो साता सम्मपूर्वी नवलपरासीमा२०प्रतिशतमात्र रोपाई भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुखकुल प्रसाद तिवारीलेखडेरीका कारण समयमा रोपाई हुननसकेकोबताउनु भयो । यतिखेर एक दुई वर्ष अघिसम्ममा ४० प्रतिशत रोपाई हुने गरेको भएपनिगतवर्ष र यसवर्ष २० प्रतिशतमात्रभएको छ ।नवलपुरमा १८ हजार छसय २८ हेक्टर क्षेत्रफलमावषे धान रोपाई हुने गर्दछ ।
मध्यविन्दु नगरपालिकाकाप्रमुखभीमलालअधिकारीले उत्पादन र उत्पादकत्वदिगो तथाउच्चकायमगर्नका लागिधानबालीमाजलवायु अनुकूलित कृषकमैत्रीप्रविधिकआवश्यक पर्ने बताउनु भयो ।जलवायु परिवर्तनले गर्दा देशव्यापी रुपमाअसार पारेको भन्दै स्वस्थजीवनसंग जोड्नकालागिविषादी रहितउत्पादन गर्न लाग्नु पर्नेमा जोड दिनु भयो । रासायनिकमलको प्रयोगलाइन्यूनीकरण गििर जलवायुमैत्रीउत्पादनमाकिसानलाइ प्रेरित गर्नु हामी सवैको दायित्व रहने उहाँको भनाइ छ ।
जिल्ला समन्वयनवलपुरका उपप्रमुख सकुन्तलालम्सालले प्रविधिमैत्रीवातावरण नहुदा कृषकहरुले चाहेर पनिउत्पादन वृद्धि गर्न नसकेको बताउनु भयो । खुलाबजार छ तर प्रविधिनभएका कारण विश्वबजारमा प्रतिस्पर्दामा जाननसकेको बताउनु भयो ।
कृषि ज्ञान केन्द्र नवलपुर र मध्यविन्दु नगरपालिकाको आयोजनातथाशिरथान कृषक समूहमध्यविन्दु ४ लुसलहरीको सहकार्यमा नवलपुरमा धानमहोत्सव गरीएको छ । रोपाइ सुरु गर्नुपूर्व बाजागाजा सहितनाचगान गरिएको थियो ।त्यस्तै महोत्सवमा डोरी तान्ने र दौड प्रतियोगितासमेत सम्पन्न गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका सुचनाअधिकारी विश्वास काफ्लेले बताउनु भयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्