बिरेन्द्र पराजुली
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली पछिल्लो समय कृषिखेती तर्फ रमाउन थालेका छन । अर्गानिक तरिकाले खेती गरेर आफुलाई आवश्यक पर्ने धान , गहु , मकै र तरकारी आफै उत्पादन गर्ने गरेका छन । असार १५ मानो रोपेर मुरि उब्जाउने दिन पराजुली बिहानै देखि खेतमा ब्यस्त रहेका थिए। उमेरले ६५ बर्ष पुगेका पराजुलीले आफ्नो परम्परा धान्न र यसमा रमाउन सके त्यहिनै आफ्नो लागि खुसी रहने उनले बताए। पराजुलिको करिब डेढ बिगाहा जग्गा कावासोती ५ मा छ। उनको स्थायी बसोबास पनि यहि हो । उनले १० कट्ठा खेत १५ असारको दिन रोप्न खेतला तयारी गरेका छन भने पराजुली आफै बाउसेको काम खटिएका छन । २०४० साल तिर पहाड तनहुबाट बसाइँसराइ गरि कावासोती झरेका पराजुलि पेसा र जागिरले गर्दा अन्यत्र गएपनी आफ्नो स्थायी बसोबासको लागि कावासोती ५ मा बस्दै आएका छन । प्रधानन्यायाधीशको अबकास पछि उनले खेतिपातीलाई बढी प्राथमिकता दिन थालेका हुन कृषिलाई आधुनिकता तिर लैजान गहु , धान काट्ने मेसिन समेत आफै खरिद गरेर ल्याएका छन । यसलेगर्दा काममा सहज हुने बताउछन । खेतमा सगै भेटियका नेपाल बार एसाेसेसनका जिल्ला अध्यक्ष चेत प्रसाद डुम्रेले भने श्रीमान गोपाल पराजुली खेतिपातिको समयमा आफै खटिनुहुन्छ यसले गर्दा छिमेकिलाई काम गर्न उत्साह बढेको बताउँछन । नवलपुरमा यो बर्ष पानीको समस्याले गर्दा खासै धानखेती भयको छैन आकासे पानीको भरमा निर्भर रहेको नवलपुरका जमिन बाझै रहेका छन । असार १५ धान दिवसको कृषिज्ञान केन्द्र नवलपुर र मध्यबिन्दु नगरपालिकाले संयुक्त मध्यबिन्दु ४ मा धान दिवस सम्पन्न गरेको छ । यसैगरि अन्य पालिकाहरुले पनि पानी प्रयाप्त पुगेको स्थानमा धान दिवस मनाएका छन।
बिरेन्द्र पराजुलली