बिरेन्द्र पराजुली
नवलपुरमा २०८० को एसइई परिक्षा उतिर्णमा सामुदायिक बिद्यालयका दुई बिद्यार्थी ४ जिपिय प्राप्त गर्न सफल भएका छन । मध्यबिन्दु चोरमारामा रहेको नवजागरण माध्यामिक बिद्यालयका बिद्यार्थी प्रतीक ज्ञवाली र सौगात पोख्रेलले ४ जिपिय प्राप्त गरेको बिद्यालयका प्रधानाध्यापक हरि प्रसाद देबकोटाले जानकारी गराएका छन । नबजागरण मा बि मा यो बर्ष ८२ बिद्यार्थी उर्तिण भएका छन । नवलपुर जिल्लामा ८९ सामुदायिक बिद्यालय सहित १३९ बिद्यालय बाट ६ हजार १ सय २५ जना बिधार्थि परिक्षामा सहभागी भएका थिए। नवलपुर जिल्लामा सामुदायिक बिधालय पछिल्लो समयमा अब्बल बन्दै गएका छन । जिल्लामा यो बर्ष कुनै पनि निजि बिधालयले ४ जिपिय ल्याउन सकेका छैनन । २०८० को रिजल्ट हेर्दा अबको अबको अध्ययन अध्यापन गर्ने गराउने तरिका फरक गर्नु पर्ने नेपाल शिक्षक संगठनका सचिब टिकाराम डुम्रे बताउछन ।
- Advertisement -
- Advertisement -
- Advertisement -