25.1 C
Kathmandu
Flowers in Chania

आफ्नै घर आगनमा लर्डबुद्ध एकेडमी

- Advertisement -Flowers in Chania


नवलपरासी १२ असार ।
आफ्ना रूचिकाे बिषय अध्ययनका लागि टाढाका कलेज पुग्नु पर्ने बिद्यार्थीहरू माझ स्थानीय लर्डबुद्ध एकेडमीले सदरमुकाम क्षेत्रमा उपस्थिति देखाएकाे छ ।
लर्डबुद्ध, स्कुल अफ साईन्स एण्ड मेनेजमेण्टले बुधबार कावासाेती ३ स्थित एकेडमी भवनमा पत्रकार सम्मेलन गरि संस्थागत उपस्थिति र गतिविधि बारे जानकारी दिएकाे हाे ।
एकेडमीका प्रवन्ध निर्देशक रमेश अधिकारीले आफूहरूले बिज्ञान, व्यवस्थापन तथा हाेटल मेनेजमेण्ट जस्ता बिषय पढन् लामाे यात्रा गरि जिल्ला बाहिर पुग्नु पर्ने बाध्यता हटाउन यीनै बिषयमा प्लसटुका कक्षाहरू संचालन गरिएकाे बताए ।
अधिकारीका अनुसार विश्व बजार र त्यहाँकाे प्रतिस्पर्धा अनुरूप एकेडमीमा बिज्ञान, हाेटल व्यवस्थापन लगायत प्राविधिक बिषयका कक्षाहरू गत वर्ष देखिनै संचालनमा रहेकाछन् ।
घरकै आटाे पिठाे खाएर,बिज्ञ शिक्षकहरूबाट सामाजिक मूल्य मान्यता, सीप र संस्कार युक्त ज्ञान सहित प्राविधिक धारका बिषय अध्यापन गराउने एकेडमीकाे ध्येय रहेकाे जनाईएकाे छ ।
स्नातक तह सम्म पुग्ने पञ्च वर्षीय लक्ष्य अनुरूप कक्षा ११ र १२ मा बिद्यार्थीकाे समयानुकुल प्रात तथा दिवा कक्षा संचालन गर्दै जेहेन्दार तथा गरीब,असहाय,द्वन्द्व पीडित एवं अपांग बिद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने गरि एकेडमी अघि बढेकाे अधिकारीले बताए ।
स्थापनाकाे पहिलाे वर्षमै १ सय २७ बिद्यार्थीलाई कक्षा ११ काे परीक्षामा सामेल गराउन सफल लर्डबुद्धले आफ्ना बिषयगत ल्यावमा राखेर बिद्यार्थीलाई प्रयाेगात्मक शिक्षा दिईदै आएकाे जनाएकाे छ ।
यस वर्ष कक्षा ११ मा करिव ३ सय बिद्यार्थी भर्ना गराउने लक्ष्य सहित अघि बढेकाे लर्डबुद्धले बिद्यार्थीहरूकाे प्रतिभा पहिचान तथा व्यक्तिगत रेखदेख सहित गुणस्तरीय शिक्षा प्रदान गर्ने सम्मेलन मार्फत जानकारी दिएकाे छ । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्