गण्डकी प्रदेस स्तरीय प्रथम सेन्टर कलेज स्ववियु कुमारवर्ती फुटसल प्रतियोगिताको उपाधी कास्की जिल्लाले जितेको छ । ट्राईब्रेकरमा २-१ ले तनहुलाई पराजित गर्दै कास्कीले उपाधि जितेको हो ।
कुमारवर्ती बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको प्रतोयोगीतामा प्रदेसका विभिन्न ८ टिमको सहभागीता थियो । नकआउट चरणमा भएको प्रतियोगितामा प्रथम हुने कास्कीको समुहले नगद एक लाख, ट्रफी र प्रमाण पत्र प्राप्त गरे भने दोस्रो हुने तनहुले नगद ५० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए ।
खेल प्रबर्द्धन सङै जिल्लाको कला, संस्कृती र पर्यटनलाई जोडेर प्रतियोगिता सम्पन्न गरिएको कुमारवर्ती बहुमुखी क्याम्पसका स्ववियु सभापति सुदिप चापागाँईंले बताए ।
कला, संस्कृतीसँग जोडनका लागि खेलाडीहरुलाई असार ७ गते अमलटारी होमस्टेमा राखी उक्त समुदायका साँस्कृतिक प्रस्तुतिको अवलोकनका लागि सहभागि गराइएको थियो ।
प्रतियोगिता नवलपुरको कावासोटी–८ शीतलचोकमा रहेको फुटसल मैदानमा सम्पन्न भएको थियो ।