कावासोती नगरपालिकाले आर्थिक वर्ष २०८१\८२को लागि वार्षीक नीति तथा कार्यक्र र बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख विष्णु प्रसाद भुषालले निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । नीति तथा कार्यक्रममा रिङ रोड , घरबार बिहिनलाई लाई आवास र शौचालय निमार्ण , विद्यालय एकीकरण , दुध उत्पादनमा अनुदान , सिमसार क्षेत्रको संरक्षणका लागि १ सय विगाहा क्षेत्रफलको सिमसार क्षेत्र निमार्ण र समयमा नै कर तिर्ने नगरबासीलाई १० प्रतिसत छुट दिने नीति लिइएको छ । १५ औ नगर अधिवेशनमा नगर उप प्रमुख फुल कुमारी थनैतले कुल १ अर्व १९ करोड ९२ लाख बराबरको बजेट विनियोजन गर्नुभएको थियो |
- Advertisement -
- Advertisement -
- Advertisement -