8.1 C
Kathmandu
Flowers in Chania

नीति तथा कार्यक्रम – हुप्सेकोटमा किसान कल सेन्टर देखि घरेलु मदिरा ब्रान्डिङ सम्म

- Advertisement -

बिरेन्द्र पराजुली
हुप्सेकोट गाउंपालिकाले पाचौ गाउंसभाबाट आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम पारित गरेको छ । गाउंपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतीले पारित गरेको हो । नीति तथा कार्यक्रममा ‘हुप्सेकोट किसान कल सेन्टर’ , ‘ फर्क युवा गाउंमा , उद्यम गरौ यही ठाउंमा ’ स्थानीय मदिरा ब्रान्डिङ , हाम्रो छोरी सुनौलो भविष्य जस्ता कार्यक्रम समावेश गरीएको छ । नीति तथा कार्यक्रममा समावेश गरीएका पक्षलाई बजेटमा समावेश गरेर कार्यान्वयन गरीने प्रतिबद्धता ब्यक्त गरीएको छ ।
नीति तथा कार्यक्रममा पर्यटन प्रवद्धर्न गर्न रुद्रपुरगढीमा फुट ट्रेल , तथा रक क्लाइम्विङ निमार्ण , वैदेशिक रोजगारीबाट फर्कीएकाहरुलाई सिप र ज्ञान अनुसारको ब्यवसाय वा रोजगारीकालागि समन्वय गर्ने , पढाईसंगै सिप विकासलाई प्रोत्साहन गर्ने उल्लेख छ । घरेलु मदिरालाई ब्यवस्थि तगर्न यसको व्यवसायिकरणको लागि अध्ययन गरीने र किसानको समस्या समाधानको लागि किसान कल सेन्टर संचालनमा ल्याईने गाउंपालिका अध्यक्ष पाण्डेले बताउनुभयो । साथै आर्थिक वर्ष २०८१ \८२ को वर्षाीक बजेट असार १० गते प्रस्तुत हुने छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्