नवलपरासी ८ असार ।
नाला दूर्घटनामा आमा गुमाएका पूर्वी नवलपरासीको कावासाेती ५ निवासी जुम्ल्याहा नावालिकालाई संघीय सांसद डा. सशांक काेईरालाले आर्थिक सहयाेग गरेकाछन् ।
सांसद काेईरालाले सनिवार अढाई वर्षका ती नावालिकाहरूलाई घरैमा भेटेर उनिहरूकाे तत्कालै आवश्यक पाैष्टिक आहार निमित्त ४० हजार नगद प्रदान गरेका हुन् ।
गत जेठ ३१ गते कावासाेती २ स्थित फलफूल चाेकमा नाला बनाउदै गर्दा ती नावालिकाहरूका आमा तानमाया गाहा सहित स्थानीय सेती राना र चमेली मश्रांगी मगरकाे माटाेले पुरिएर मृत्यु भएकाे थियाे ।
साेही क्रममा सांसद प्राध्यापक डाक्टर काेईरालाले आफ्नाे निर्वाचन क्षेत्रका मृतक मजदुर ३ जना प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै सम्बद्ध परिवारजनलाई भेटेर समवेदना प्रकट गरेका थिए ।
भेटका अवसरमा पूर्व सांसद ओमकला गाैतम, नेका जिल्ला उपसभापति बालकृष्ण घिमिरे, सचिव महेन्द्र पाेखरेल, क्षेत्रीय सभापति अमृत भट्टचन लगायत स्थानीयबासीकाे उपस्थिति रहेकाे थियाे ।
- Advertisement -
- Advertisement -
- Advertisement -