नवलपरासी ७ असार ।
घनश्याम बगाले । नवलपरासी
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत
प्रतिष्ठान नवलपुर पूर्वी नवलपरासीलाई नवलपुर समाज जापानले समाजका तर्फबाट ३ लाख रूपैयाँ आर्थिक सहयाेग गरेकाे छ ।
विश्व संगीत दिवसका अवसरमा प्रतिष्ठानद्वारा शुक्रबार कावासाेती ६ गणेश मन्दिरकाे कार्यशाला भवनमा आयाेजित साँस्कृतिक तथा बिरुवा राेप्ने कार्यक्रममा उक्त सहयाेग हस्तान्तरण गरिएकाे थियाे ।
साे अवसरमा समाजका संस्थापक अध्यक्ष एवं प्रतिष्ठान जापान शाखाका सल्लाहकार केशव पाैडेलले जापानमा रहेका आम नेपालीले बैदेशिक राेजगारीमा रहदा आफ्नाे घरलाई मात्र नहेरी स्वदेशकाे समाज सेवामा सहयाेग गर्दै आएकाे बताए ।
सहयाेग हस्तान्तरणका अवसरमा नवलपुर समाज जापानका सल्लाहकार राजु भण्डारी, समाजका आजीवन सदस्य ढुण्डिराज आचार्य सहित जापानमा रहने समाजका पदीय जिम्मेवारीमा रहेका जिल्लाबासीहरूकाे उपस्थिति रहेकाे थियाे ।
प्रतिष्ठान नवलपुरका जिल्ला अध्यक्ष बुद्धिनाथ घिमिरेका अनुसार यहाँको करिव ६ कठ्ठा क्षेत्रफल सहितकाे आफ्नै जमिनमा जिल्ला भवन तथा प्रतिष्ठानकै केन्द्रीय लाेक सांस्कृतिक संग्रहालय निमार्ण गर्ने याेजना अघि बढकाे छ ।
कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले प्रतिष्ठानकाे हातामा मसलादार तेजपत्ताकाे बिरुवा राेपेर कार्यक्रमकाे शुभारम्भ गरेका थिए ।
लाेक गायिका सपना परियार र दूर्गा भुसालका सांगीतिक स्वागत मन्तव्यबाट अघि बढेकाे विश्व संगीत दिवस कार्यक्रममा कलाकारहरू दूर्गा सापकाेटा, शिव थापा, दीप काफ्ले समेतकाे सांगीतिक प्रस्तुति रहेकाे थियाे ।
यसै गरि प्रतिष्ठानका बिधायन सल्लाहकार हरि न्याैपाने, पत्रकार महासंग गण्डकी अध्यक्ष नारायण शर्मा, सामाजिक अभियन्ता करूणा सागर सुवेदी लगायतले कार्यक्रममा शुभकामना दिदै संगीतले समाजलाई जाेड्ने हुँदा यसकाे बिकासमा सहयाेगी मन एवं हातहरू जाेडिनु पर्ने बताएका थिए ।
- Advertisement -
- Advertisement -
- Advertisement -