25.1 C
Kathmandu
Flowers in Chania

दस जनालाई घाईते बनाउने चितुवा ,अन्ततः  स्थानीयकाे प्रतिकारमा मर्याे

- Advertisement -Flowers in Chania


नव
घनश्याम बगाले । नवलपरासी
जिल्लाकाे मध्यविन्दु ८ फूलबारी नजिक स्थानीय राम बहादुर खत्रीकाे घरमा चितुवा पस्याे ।
बिहिबार बिहान करिव ९ बजे खत्रीकाे घरमा चितुवा पसे पछि फूलबारी र देवकोटा टाेलका स्थानीयकाे हाेहल्लासंगै रानीटार सडकमा निस्किएकाे बाघले स्थानीय महिलालाई झम्टिएर मकै बारीमा अलप भयाे ।
त्यसकाे केही छणमै बाघले रानीटार नजिकै समूहमा न्यूराे टिप्दै गरेकी अर्की एक महिलालाई झम्टियाे ।
त्यस बेला सम्म मध्यविन्दुमा चितुवा आतंक भन्ने खवरसंगै जिल्लाभर सामाजिक संजाल ताति सकेकाे थियाे ।
बाघले दुई जनालाई झम्टि सकेपछि उक्त चितुवा दक्षिण गिरूबारी खाेलाकाे कासघारी तर्फ लागेकाे स्थानीयले बताए ।
साेही क्रममा चितुवाले गिरबारी खाेला छेउकाे सिसाैघारीमा स्थानीय ३ जना युवा तथा वयस्कलाई झम्टेर रक्ताम्मे पारि सकेकाे थियाे ।
चितुवाले स्थानीय जनजीवन त्रसित पारे पछि मध्यविन्दुका मेयर भिमलाल अधिकारी पनि साेही क्षेत्रमा पुगेका थिए ।
बाघ आतंकसंगै साे क्षेत्रमा प्रहरी निरिक्षक सहित सशस्त्रको टाेली,नगर तथा छिटपुट जनपद प्रहरी बाघ रहेकाे क्षेत्रमै तैनाथ थियाे ।
स्थानीयले चितुवा लाई छिटाे नियन्त्रणमा लिन गुहार लगाई रहेका थिए ।
न कुनै प्राविधिक जनशक्ति न समाउनलाई जाल या उपकरण नत कुनै आपत्कालिन आदेश सुरक्षाकर्मी पनि जाेखिममै थिए ।
यत्तिकैमा चितुवा सुरक्षाकर्मी भए तर्फ जाई लाग्याे, एक सशस्त्रका सुरक्षाकर्मीकाे टाउकामै आक्रमण गर्दै बाघ जंगल तर्फ अघि बढेकाे प्रत्यक्षदर्शीहरूले बताए ।
ती सुरक्षाकर्मीले टाउकाेमा हेलमेट  लगाएकाे कारण चितुवाको पन्जा चिप्लिएर उनकाे छातीमा बज्रियाे उनी सामान्य घाईते भए ।
त्यसै बेलासंगैका अन्य दुई स्थानीय पनि चितुवा काे आक्रमणबाट घाईते भई सकेकाे स्थानीयले बताए ।
साेही क्रममा बाघ खुला खेतमा हिडेकाे देख्दा पहिले नै घाईते भई सकेकाे, कमजाेरिले गलित बनेकाे चितुवा भएकाे स्थानीयले लख काटेका थिए ।
थकित चितुवा हिड्दा हिड्दै सानाे रूखकाे छायाँमा निकै बेर सुस्ताए पनि त्यही नजिकै रहेका एक वन कर्मचारी माेवाईल खेलाउदै थिए लाग्छ उनलाई आतङ्क मचाउने चितुवा थियाे या बिरालाे कुनै चासाे छैन् । जवकि त्यसलाई उद्दार गर्न सम्वद्ध टाेली, वन प्रशासन, निकुञ्ज कसैले चासाे नदेखाउदा अन्ततः उक्त जंगली जनावर स्थानीयबासीकाे प्रतिकारमा मरेकाे बताईएकाे छ ।
गाउँ पसेकाे करिव अढाई घण्टाकै अन्तरालमा मध्यविन्दु ७ र ८ का  ३८ वर्षीय दिवा (देबी ठकुरी) मल्ल,३४ वर्षीय सुनिल जयसवाल, २७ वर्षकी रूपा कुमाललाई घाईते बनाएकाे थियाे ।
त्यसै गरि २२ बर्षका अमृत महताे, २२ वर्षकै राेशन कुमाल,५० बर्षका राेम बहादुर कमेली,२६ वर्षकाे टेकबहादुर चाैधरी,करिव ४० वर्षका कृष्ण बिक,४५ वर्षका शेर बहादुर महताे र ५२ वर्षका मान बहादुर कुमाल बाघकाे आक्रमण बाट घाईते भएकाछन् ।
घाईतेहरूकाे स्थानीय मध्यविन्दु नगर अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि भरतपुर तर्फ पठाईएकाे अस्पताल स्राेतले जनाएकाे छ ।
यसै सम्वन्धमा स्थानीयबासीहरू गाउँमा बाघ चितुवा पसेर आतंक मच्चाउदा समेत समयमै ती जनावरलाई सुरक्षित रूपले समातेर लैजान नसक्नुलाई सम्वद्ध निकायकाे कमजाेरी बताउछन् ।

के भन्छ, वन प्रशासन
यसै सम्वन्धमा जिल्ला स्थित डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारी मध्यविन्दुमा मानिस माथि आक्रमण गर्ने जनावर बाघ नभइ चितुवा भएकाे बताउनु हुन्छ ।
वहाँले छ जनालाई आक्रमण गरेकाे भन्ने सुनिएकाे छ, पछि चितुवा वन पस्याे भन्ने खवर आएकाे थियाे ।
अहिले मरेकाे भन्ने सूचनासंगै कर्मचारी पठाएर डिभिजन परिसरमा ल्याउने तयारी भई रहेकाे छ ।
मृत चितुवालाई स्थानीय भेटेनरी डाक्टरबाट पाेष्टमार्टम गराई खाडलखनी पुरिने उनले बताए ।
स्थानीय वनमा बाघ तथा चितुवा मर्ने क्रम बढ्दाे
पछिल्लो समय पूर्वी नवलपरासीका स्थानीय वनमा बाघ तथा चितुवा विभिन्न कारणले मर्नेक्रम बढेकाे छ ।
काल गति, जुधेर तथा मानवीय  जस्ता बाह्य कारण देखाईए पनि पछिल्लाे ४ महिनामा दूर्लभ ३ पाटेबाघ सहित १ चितुवा स्थानीय जंगलमा मरेकाछन् ।
घटनाले सम्वद्ध निकायकाे ढिला सुस्ती, समन्वय अभाव जस्ता कारणले मानववन्य जन्तु द्वन्द भित्रभित्रै भुसकाे आगाे झै छ, जस्ले संरक्षणकाे क्षेत्रमा चिन्ता थपेकाे संरक्षणकर्मीहरू बताउछन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्