18.1 C
Kathmandu
Flowers in Chania

२०औ रक्तदाता दिवसमा रक्तदाता संघ सस्थालाई सम्मान

- Advertisement -

जिल्ला रेडक्रस उपसाखा कावासोतिले २०औ विश्व रक्तदाता दिवसको अबसरमा रक्तदान तथा रक्तदाता संघ सस्थालाई सम्मान गरेको छ । नवलपुर रक्तसेवा केन्द्र र कावासोती रेडक्रसले आयोजना गरेको कार्यक्रममा सबै भन्दा बढी १०० भन्दा बढी पटक रक्तदान गर्ने र रक्तदान कार्यक्रम आयोजना गर्ने संघ सस्थालाई सम्मान गरिएको थियो । रेडक्रस कावासोती उपसाखाका अध्यक्ष बाबुराम कन्डेलको अध्यक्षयतामा आयोजित कार्यक्रममा ५० भन्दा बढी संघ सस्था र ब्यक्तिलाई सम्मान गरिएको थियो । जिल्ला समन्वय प्रमुख बाबुराम बिकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी बिकले आफू सङ्ग समय पुगेपछि खेर जानी रगतले अर्को ब्यक्तिलाई दिदा उसको ज्यान बचाउन सकिन्छ । रगतबिना कयौ ब्यक्तिले ज्यान गुमायको घटना छन अझै पछिल्लो समयमा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या अझै बढी रहेकोले सबै संघ सस्थालाई बार्षिक पात्रो बनायर रक्तदानमा सहभागी हुन आग्रह आग्रह गरेका छन । कार्यक्रममा जिल्ला रेडक्रसका उपसभापति डिल्लिराम कडरिया , कावासोती उपसाखाका सस्थापक सभापती टिकाराम कन्डेल , नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली , प्रगतिनगर खानिपानीका अध्यक्ष खिमानन्द भुसाल , , मध्यबिन्दु जिल्ला अस्पतालका अध्यक्ष बालकृष्ण घिमिरे , जिल्ला रेडक्रसका महामन्त्री तिर्थ कन्डेल , रेडक्रसको सहयोगी सस्था हेल्फेका प्रतिनिधि रामराजा पन्डित रेडक्रस सहसचिब खिना भुसाल लगायतले रक्तदाताहरुलाई शुभकामना दियका थिय । रेडक्रस कावासोतिले अघिल्लो आर्थिकबर्षमा १९; सय पोका रगत संकलन गरेको थियो भने यो आर्थिक बर्षमा २५ सय रगत संकलन गर्ने सस्थाका अध्यक्ष बाबुराम कन्डेलले जनाएका छन ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्