पुर्वी नवलरासीको कावासोतीको फलफुल चोकमा ढल निर्माणका क्रममा मृत्यु भएका मृतकका आफन्ती र नगरपालिकाका प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ ।आज नगरपालिकामा बसेको बैठकले मृतकका परिवारलाई तत्काल राहतस्वरुप नगद ५–५ लाख रुपैयाँ दिने, ५० हजारका दरले प्रतिपरिवार किरिया खर्च उपलब्ध गराउने , मृतकका बालबच्चाका नाममा ५ लाखका दरले अक्षयकोष स्थापना गर्ने सहमति भएको छ ।पीडित तीन परिवारका सबैको स्वास्थ्य बिमा गर्दै जाने, मृतकका सबै बालबच्चालाई कक्षा–१२ सम्म अध्ययन खर्च नगरपालिकाले ब्यहोर्ने सहमति भएको कावासोती नगरपालिकाका प्रवक्ता डोरमान गिरीले बताउनुभयो । सहमतिमा कावासोतीकी उपमेयर फुलकुमारी थनेत, कर्मचारी र पीडित पक्षले हस्ताक्षर गरेका छन्। फलफुल चोकदेखि पूर्व तर्फको ठुलो खोल्सासम्म नाला निर्माण गर्दै गर्दा त्यहाँ काम गर्ने तीन महिला मजदुरको बिहीबार ज्यान गएको थियो ।