पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा ढल निमार्णकोक्रममा पुरीएर तीन जना महिला मजदुरको मृत्यु भएको छ । ढल निकासको लागि खाडल खन्नेक्रममा माटोले पुरीएका मजदुरको उपचारकोक्रममा जिल्ला अस्पताल मध्यविन्दुमा २ मजदुरको मृत्यु भएको थियो एक जना मजदुरको खोजिकार्य गर्दा मृत अवस्थामा फेला परीकी थिएन ।
करिब ८ फिट गहिरो ढलखनेको ठाउँमा माथि थुपारेको माटो खसेर मजदुर पुरीएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक बेद बहादुर पौडेलले बताउनुभयो । मृत्यु हुनेमा कावासोती ५ का ५१ बर्षकि सेती राना र तान माया तामाङ र चमेलि दर्लामी रहेको प्रहरीले जनाएको छ ।