पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा ढल निमार्णकोक्रममा पुरीएर दुई जना मजदुरको मृत्यु भएको छ भने एक जनाको खोजिकार्य जारी छ । ढल निकासको लागि खाडल खन्नेक्रममा माटोले पुरीएका मजदुरको उपचारकोक्रममा जिल्ला अस्पताल मध्यविन्दुमा मृत्यु भएको प्रहरीले जनाएको छ । एक जना मजदुरको खोजिकार्य जारी छ ।
करिब ८ फिट गहिरो ढलखनेको ठाउँमा माथि थुपारेको माटो खसेर मजदुर पुरीएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक बेद बहादुर पौडेलले बताउनुभयो । मृत्यु हुनेमा कावासोती ५ का ५१ बर्षकि सेती राना र तान माया तामाङ रहेको प्रहरी ले जनाएको छ ।