25.1 C
Kathmandu
Flowers in Chania

स्थानीय तथा प्रदेश कार्यालयहरूकाे अर्धवार्षिक समिक्षा 

- Advertisement -Flowers in Chania



जिल्ला स्थित स्थानीय निकाय तथा प्रदेश अन्तरगतका कार्यालयहरूकाे आव ०८०/८१ अर्धबार्षिक समीक कार्यक्रम  मंगलबार कावासाेतीमा सम्पन्न भयाे ।
जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय निकायहरू देबचुली,गैडाकाेट , हुप्सेकाेट र बाैदिकालीकाे तर्फबाट प्रस्तुतिकरण गरिएको थियाे ।
त्यसै गरि प्रदेश अन्तर्गतका डिभिजन वन, भाैतिक याेजना,जिल्ला अस्पताल लगायतका कार्यालयहरूकाे अर्धवार्षिक प्रगित समीक्षा गरिएकाे थियाे ।
कार्यक्रममा स्थानीय निकाय तथा प्रदेश कार्यालयका वार्षिक  याेजना, प्रगति, बजेट,बेरूजु,कर्मचारीकाे स्थिति, सडक, नाला, भाैतिक अवस्था तथा  पालिकाले गरेका असल अभ्यास, चुनाैती र समस्याका बारे चर्चा गरिएकाे थियाे ।
जिल्ला समन्वयकाे आयाेजनामा संचालित पहिलाे दिनकाे कार्यक्रममा गाउपालिका राष्ट्रिय महासंघ अध्यक्ष लक्ष्मी देबी पाण्डेले स्थानीय निकायका असल अभ्यास, कार्यशैली तथा अनुभव आदान प्रदान हुने हुँदा समीक्षा कार्यक्रम फलदायी भएकाे बताउनु भयाे ।
स्थानीय हुप्सेकाेट गाउँ पालिका अध्यक्ष समेत रहनु भएका पाण्डेले प्रत्यक नागरिकको आस्थाकाे केन्द्र भनेकाे स्थानीय सरकार हाे, जहाँ स्थानीय नागरिककै भावना अनुरूप नै बिकास बजेट हुनु पर्ने धारणा राख्नु भयाे ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्