नवलपुर जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी मुत्तिराम रिजालको संयोजकत्वमा बिपत सहायता कक्ष स्थापना भएको छ । मङ्गलबार प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको अध्यक्षयतामा बसेको बैठकले बिपत सहायता कक्षको लागि समिती चयन गरेको हो जसको सदस्यमा जिल्ला रेडक्रस , नागरिक समाज , पत्रकार महासंघ , उधोग बा संघ र सुरक्षा निकायको प्रतिनिधिहरु सदस्य रहने गरि समिती तयार गरेको छ । बर्षायाम सगै नवलपुरमा बर्सेनि बिपतका घटनाहरु हुँदै आयकोले त्यसैलाई मध्यनजर गर्दै सबैलाई सचेत गराउन समेत यो कक्षको भुमिका बढी हुने भयकोले बिपत समिती सङ्ग छलफल गरेर अगाडी बढने प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले जानकारी गराएका छन । बिपतबाट कसरी बच्ने र बिपत आईपरे कसरी समाधान गर्ने साथै सहायता सामाग्री वितरण प्रणाली प्रभाबकारी गराउने सम्बन्धमा बैठकमा छलफल भएको थियो ।