24.1 C
Kathmandu
Thursday, June 20, 2024
Flowers in Chania

अवरुद्ध सडक एक घण्टाभित्र सुचारु गर्ने योजना

- Advertisement -Flowers in Chania

नारायणघाट-बुटवल सडक खण्ड अन्तर्गत दाउन्नेमा पहिरोका कारण सडक अवरुद्ध भए एक घण्टाभित्र सुचारु गर्ने गरी व्यवस्था मिलाइने भएको छ ।मनसुन भित्रिएसगै पुर्व तयारी स्वरुप पश्चिम् र पुर्वी खण्डको सिमानामा पर्ने दाउन्नेमा यात्रा सहज बनाउनका लागि पुर्वी र पश्चिम् नवलपरासीका सुरक्षा निकाय र आयोजना कम्पनी बिच सोमबार बिनयी त्रिबेणि गाउँपालीकामा भएको छलफलले सडक सहज बनाउने निर्णय गरेको हो ।

दुबै जिल्लाका प्रमुख जिल्लाअधिकारीको उपस्थितिमा बर्षायाममा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यात्रा सहज गर्ने बिषयमा विभिन्न छलफल भएको पुर्बी नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताउनुभयो ।

पहिरो जोखिम क्षेत्रमा नियमित ढङ्गबाट सडक सुचारु गर्नका लागि यान्त्रिक उपकरण र मानवीय स्रोतको व्यवस्थापन आयोजनाले गर्ने निर्णय भएको पश्चिम् खण्डका आयोजना प्रमुख शसाङ्क मिश्रले बताउनु भयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्