घनश्याम बगाले । नवलपरासी
पूर्वी नवलपरासी स्थित किसान मन्जु अधिकारी शुक्रबार रैथाने धानकाे बीउ खाेज्न स्थानीय बीउ बैंक पुगिन् ।
एक दशक अघि कास्की जिल्लाकाे पाेखरा पुगेर त्यहीकाे रैथाने जेठाेबूढाे र पाेखरेली पहेलाे ल्याई खेतमा लगाउदै आएकाे धान यस पटक मासिदा उनलाई बीउकाे अभाव भएकाे हाे ।
त्यही भएर झिनुवा र अनदीकाे बीउ खाेज्दै स्थानीय सामुदायिक बीउ बैंक आईपुगेकाे अधिकारीले सुनाईन् ।
स्थानीय गाउँ घर र सहर बजारमा चाडबाड र मेला पर्वका बेला घरमै खान हाेस या पाहुनाकाे स्वागतमा अनदीकाे चिचर, झिनुवाकाे खाजा मिठाे मसिनाेका रूपमा पस्कने पुरानै चलन हाे ।
तर पछिल्ला केही बर्ष यता यस्ता रैथाने धानहरू ढिला पाक्ने, उत्पादन कम हुने भन्दै किसानहरूले खेतमा लगाउनै छाडी सकेकाछन् ।
पहिला किसानहरूले मुख्य रूपले वर्ष भरि खान र घर खर्च टार्न बेच्न समेत हुने गरि धेरै फल्ने उन्नत धान लगाए पनि खेतकाे कुनै गराेमा मसिनाे धान लगाएकै हुन्थे स्थानीय मान महताेले बताए ।
त्यसाे त झण्डै डेढ दशक देखि परम्परागत धान तथा रैथाने बाली बिरुवाकाे बीउ बिजन जाेगाउन कावासाेती १४ अग्याैलीमा कृषि बिकास तथा संरक्षण कृषक समितिले बीउ बैंक संचालन गर्दै आएकाे छ ।
वर्षा लागेसंगै धानकाे ब्याड राख्ने समय चलि रहदा बैंकका कर्मचारीलाई पनि बीउ धान बेच्न भ्याई नभ्याई छ ।
बीउ बैंकमा रैथाने जातका अतिरिक्त सावित्री,सावाँ, वार लगायतका कतिपय उन्नत जातका धानकाे बीउ पनि उपभोक्ताकाे माग अनसार बिक्री बितरणका निमित्त राखिएकाे छ ।
अधिक माग रहेकाे रैथाने जातकाे घ्यूपुरी धान सकिए पछि पश्चिम बर्दीया पुगेर बीउ खरिद गरि ल्याईएकाे सामुदायिक बीउ बैंक नेपालका अध्यक्ष पार्वती भण्डारीले बताईन् ।
बैंकले स्थानीय गाउँ घरबाट आउने चामलकाे माग पूरा गर्न अनदी, झिनुवा,कनकजिरा, जाेगनी,सठिया,सत्तरी लगायतका रैथाने धान संरक्षण गर्दै आएकाे छ ।
बीउ बैंकमा रैथाने बाली संरक्षण र ग्राहकलाई बीउ उपलब्ध गराउन यहाँको करिव १ बिगाहा १० कठ्ठा खेतमा विभिन्न ब्लक बनाई धान खेती गर्दै आएकाे स्थानीय किसान एवं बीउ बैंकका सल्लाहकार चेत नारायण महताेले बताए ।
बीउ सुरक्षित हाेस भनी संस्थाका लागि घर नजिकै खेतकाे पाटाेमा यस पटक ६४ भन्दा बढी जातका रैथाने धानकाे बीउ छरिएकाे महताेकाे भनाई छ ।
महताेका अनुसार ब्याडमा राखिएकाे बीउ तयार भए पछि रैथाने बाली जाेगाउन बैंक आँफैले भाडामा लिएकाे खेतमा धान राेप्ने गर्दै आएकाे छ ।
बिगतमा स्थानीय किसानहरूलाई जम्मा पारी रैथाने धान बचाउन लिवर्ड नामक एक गैह्रसरकारी संस्थाले कतिपय धानका बीउनै दिएर सहयाेग गरेकाे स्थानीयहरू बताउछन् ।
हाल सामुहिक प्रयासमा बीउ बैंक संचालन गर्दै आएकाे यस संंस्थाले दलहन,तेलहन तथा लहरे बाली बिरुवा, काेदाे, फापर, धान,आलस,केराउ,तिल लगायत रैथाने बाली संरक्षण तथा बीउ साटासाट कार्य पनि गर्दै आएकाे छ ।
बीउ बैंककाे दिगाे संचालनार्थ स्थानीय पालिका तथा जिल्ला स्थित कृषि ज्ञान केन्द्रबाट व्यवस्थापकीय तथा प्राविधिक सहयाेग रहदै आएकाे बताईन्छ ।
अनदी र घ्यूपुरीकाे हिउदे बाली परीक्षण
समुदायमा संचालित रैथाने धान बीउ पाईने एकमात्र सामुुदायिक बीउ बैंक(संघ)नेपालले सम्भवत नेपालमै पहिलाे पटक घ्यूपुरी धानलाई चैतमा पनि राेपेर परीक्षण गरेकाे छ ।
रैथाने धान खाेज्दै जाँदा संस्थाका एक सदस्यकै आफन्तकाे घर पश्चिम कैलालीबाट ७ किलाे घ्यूपुरी धान ल्याएर खेती गर्न थालिएकाे बीउ बैंकका संस्थापक संयाेजक तुलसी नारायण श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार घ्यूपुरी रैथाने जातकाे धान भएर पनि छिटै पाक्ने छुट्टै जातीय गुण भएकाले यसलाई हिउँदमा पनि राेप्न थालिएकाे हाे ।
यस बिषयमा कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थ बिज्ञ संजय ढकालले बीउ बैंकले याे नवीन प्रयास थालनी गरे पनि व्यवसायिक उत्पादनका लागि अझ एक दुई बर्ष हेर्नू पर्ने बताउछन् ।
खाँदा अत्यन्त मिठाे र बर्षामा मात्र लगाईने सेताे अनदी र घ्यूपुरी हिउँदमा पनि उत्पादन हुन थाले पछि स्थानीय किसानहरू पनि उत्साहित बनेकाछन् ।
बजारमा अनदी,झिनुवा,कनकजिरा, दुधराज चामलकाे मूल्य उच्च रहदा स्थानीय सामुदायिक बीउ बैंकले यही जातकाे बीउ धान १ सय २० रूपैयाँ प्रति केजिमा बिक्री गर्दै आएकाे छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -