25.1 C
Kathmandu
Flowers in Chania

बालबालिकाले बनाए स्मार्ट सिटी , डोको , हलो देखि छाउपडी प्रथा अन्त्य सम्मको अवधारणा

- Advertisement -Flowers in Chania

)

चारैतर्फ हरियाली , ब्यवस्थित शहर , बालवालिका तथा जेष्ठ नागरिकको लागि पर्याप्र्त पार्क , विभिन्न पेशा र उद्योग क्षेत्र र अस्पतालको भिन्नाभिन्नै ब्लक । ब्यवस्थित र सुन्दर शहर । हेर्दा निकै रोमाञ्चक लाग्ने यो शहरको अबधारणा पुर्वी नवलपरासीको कावासोती नगरपालिकाको सिदार्थ आवासीय विद्यालयका विद्यार्थीहरु आरोसी भण्डारी , जेनिसा कानु मगर , खुसी बस्याल र पुजा चापागाईले परिकल्पना गरेको स्मार्ट सिटीको अबधारणा हो । विद्यालय उमेरका बालबालिकामा पनि शहर कस्तो हुनुपर्दछ भन्ने धारणाको विकास भैसकको भन्ने यो एउटा उदाहरण हो ।
शिव माध्यमिक विद्यँलयका विद्यार्थीले बढ्दो सवारी दुर्घटना रोक्नका लागि घुमाउरो सडक र अगाडीको सवारी नदेखिने घुम्तीमा सवारीको जानकारी दिने सेन्सर प्रविधी बनाएर यस्तो पनि प्रविधीको प्रयोग गर्न सकीन्छ भनेर अभिभावक र जनप्रतिनिधीलाई सुझाव दिएका थिए ।

जनकल्याण माध्यमिक विद्यालय रिठ्ठेपानीका विद्यार्थीले डोको देखि विद्यँलयको वातावरण कस्तो हुनुपर्दछ भन्ने प्रर्दशनी गरेका थिए । गण्डकी आवासीय विद्यँलयका विद्यार्थीले छाउपडी प्रथाको अन्त्यका लागि सरोकारवालाको ध्यानाकर्षण हुने गरी प्रदशर्नीमा छाउपडी गोठ बनाएर सहभागीलाई यसको बारेमा जानकारी गराएका थिए ।
स साना विद्यार्थीको प्रस्तुती हेर्दा आजका बालबालिका कति स्मार्ट र दुरदर्शी सोचका रहेछन् भन्ने पुष्टि हुने पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले बताए । ‘निती निमार्ण तहमा बस्ने जनप्रतिनिधीले बालबालिकाको पनि कुरा सुन्नुपर्ने , योजना समावेश गर्नुपर्ने र प्रविधीको अनुसरण गर्नुपर्ने देखियो ।’उनले भने,‘ हामी भन्दा आजका बालबालिका प्रविधी र सोच दुबैमा अगाडी छन् भन्ने उदारहण प्रस्तुत गरे । ’ बालबालिकाको प्रदशर्ननी अभिभावक , जनप्रतिनिधी र सरोकारवालाले चासोका साथ हेरेका थिए ।
ब्रिटीस काउन्सीलले कावासोती नगरपालिका क्षेत्रमा बिगत ३ वर्ष देखि गरीरहेको कामको अनुभव आदान प्रदान र विद्यँर्थीहरुको शैक्षिक प्रदर्शनी कार्यक्रममा विद्यार्थीले आफुले पढेका र जानेका प्रविधीहरु प्रस्तुत गरेको कावासोती नगरपालिकाका स्रोत शिक्षक तिर्थराज कण्डेलले बताए । प्रदशर्नमा नगरभित्रका सामुदायिक र संस्थागत गरेर ११ वटा विद्यँलय र शिक्षकहरुले नयां नयां प्रविधी र पुराना परम्परालाई नयां स्वरुपमा कसरी परिमार्जन गरेर प्रयोग गर्न सकीन्छ भन्ने बारेमा सामग्री तयार पारेका थिए । कार्यक्रममा कावासोती नगरपालिकाका प्रमुख विष्णु प्रसाद भुषालले बालबालिका भविष्यमा देश हाक्ने जनशक्ती भएको भन्दै बालवालिकाको क्षेत्रमा नगरले प्रयाप्र्त लगानी र योजना बनाउने बताएका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्