24.1 C
Kathmandu
Thursday, June 20, 2024
Flowers in Chania

कावासोती साइक्लिङ ग्रुपको अध्यक्षमा अजय(ज्योती)

- Advertisement -Flowers in Chania


पुर्वी नवलपरासीको सदरमुकाममा कावासोती साइक्लिङ ग्रुपको प्रथम अधिबेशनले अजय श्रेष्ठ(ज्योती)को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । शुक्रबार कावासोतीमा सम्पन्न भएको अधिबेशनले उपाध्यक्षमा संगिता घले , सचिवमा सर्वजित बस्नेत, कोषाध्यक्षमा मदन थापालाई सर्वसम्मत चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा गुरु प्रसाद पोख्रेल, ईश्वर बगाले, साजन गुरुङ्ग, रुपा काफ्ले, शरद के.सी., कुमार क्षेत्री र ऋषेश्वर सापकोटालाई चयन गरेको निर्वाचन संयोजक मदन गिरीले बताए ।
ग्रुपमा कावासोती क्षेत्रका ७६ जना साईक्लिस्टहरु आवद्ध रहेका छन् । अजय श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको अधिबेशन तथा साधारणसभा कार्यक्रमको ज्येष्ठ साईक्लिङ सदस्य टेक बहादुर डिस्वा मगरले उद्घाटन गरेका थिए । आन्तरिक पर्यटन प्रवर्धन तथा स्वास्थ्यकालागि साईकल भन्ने मूल नाराका साथ कावासोतीका युवाहरुले साइकल अभियान चलाएका छन् । साईक्लिस्टहरुले जिल्लाको पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्दै आएका छन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्