पुर्वी नवलपरासीको कावासोती स्थित छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा राप्रपाकी समानुपातिक सांसद गीता बस्नेत सहित ३५ जना विरुद्ध जिल्ला सरकारी कार्यालयको कार्यालयले जिल्ला अदालत नवलपुरमा मुद्दा दायर गरेको छ । जिल्ला न्यायधिवक्ता हरि प्रसाद घिमीरेका अनुसार १६ करोड ५६ लाख ९४ हजार ३१ रुपैया ६२ प्रसा विगोमाग दाबी सहित संचालक समितिका अध्यक्ष , ब्यवस्थापक सहित अभियोग पेश गरीएको बताउनुभयो । अभियोग पेश गरीएका मध्य १० जना पक्राउ परेको र २५ जना फरार रहेका छन् । रकम अपचलनको अभियोगमा लेखा परिक्षकलाई समेत मुद्दा चलाईएको छ ।
३ हजार २ सय ९ जना बचत कर्ता रहेको सहकारीमा रकम अपचलन भएको भन्दै प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । लामो समय देखि बचत कर्ताले आफ्नो बचत फिर्ता हुनुपर्ने माग सहित प्रशासनलाई दबाव दिदै आएका थिए ।
- Advertisement -
- Advertisement -
- Advertisement -