पुर्वी नवलपरासीको विनय त्रिवेणी गाउंपालिकाका ५० जना मोतियाबिन्दुको निः शुल्क शल्यक्रिया गरीएको छ । वर्षौ देखि मोतीयाबिन्दुको समस्या भएपनी उपचार अभावमा रहेका ग्रामीणभेगका बिरामीलाई नि शुल्क शल्यक्रिया गरीएको हो । ‘दृष्टि सवैको लागि’ भन्ने नारा सहत अन्धोपन न्यूनीकरण अभियान अन्र्तगत रोटरी क्लव अफ कावासोतीले संचालन गरेको शिविरमा पत्ता लागेका बिरामीको शल्यक्रिया गरीएको क्लबका अध्यक्ष हरिहर अधिकारीले बताए ।
बिनयत्रिवेणी गाउँपालिकाको साझेदारीमा गरिएको निशुल्क आखां परिक्षणमा ९ सय ३८ जना मध्य १ सय ८७ जनामा मोतियाबिन्दुको समस्या देखिएको थियो । तत्काल शल्यक्रिया गर्नुपर्ने बिरामीलाई गाउंपालिकनाको सहयोगमा तिलगंगा अस्पतालको शाखा हेटौंडामा लगेर शल्यक्रिया गरीएको हो । शल्यक्रिया पछि बर्षौ पछि आखां देख्न पाउदा बिरामी खुसी भएका थिए ।
यस अघि रोटरी बर्ष अन्र्तगत गएको मंगसिर महिना पनि तिलगंगा अस्पतालको प्राविधिक सहयोगमा कावासोतीमा ३ सय २७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरीएको थियो भने कार्तिक २७ गते देखि ३० गतेसम्म करिव ५ सय जनाको निशुल्क शल्यक्रिया गर्ने रोटरी कल्व अफ कावासोतीको तयारी छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -