24.1 C
Kathmandu
Thursday, June 20, 2024
Flowers in Chania

पत्रकार महासंघ नवलपुरको नवनिर्मीत कार्यालय भवन उद्घाटन

- Advertisement -Flowers in Chania


नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालय नवनिर्मीत भवनमा सरेको छ । संघियता कार्यान्वयन संगै साविकको नवलपरासी जिल्ला टुक्रिएपछि २०७५ सालमा नवलपुर शाखा स्थापना भएको थियो । भाडामा रहदै आएको महासंघको कार्यालय कावासोती ३ स्थित आफ्नै कार्यालयमा सरेको हो । नवनिर्मीत कार्यालय भवनको कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु प्रसाद भुषालले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भुषालले समाजका हरेक पक्षमा खबरदारी गर्ने र जनतालाई सहि सुचना प्रवाह गर्नेमा पत्रकार लागिपर्नुपर्ने बताउनुभयो । संचार क्षेत्रको विकास र प्रवद्र्धनमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले महासंघमा आवद्ध सदस्यको पेशागत विकास संगै भौतिक पुर्वाधारकोरुपमा आफ्नै भवनमा कार्यालय संचालनले संस्थागत विकासमा टेवा पुर्याउने बताए । संघको कार्यालयललाई इ लाईब्रेलिकोरुपमा विकास गर्नुपर्ने शर्माले बताए । कार्यक्रममा शाखाका अध्यक्ष विरेन्द्र पराजुलीले आफ्नो कार्यकालमा आफ्नै भवनमा कार्यालय सार्ने प्रतिवद्धता पुरा गरेको बताउदै सहयोगी संघसंस्थालाई धन्यवाद ब्यक्त गर्नुभयो । आगामी दिनमा महासंघमा आवद्ध सदस्यको पेशागत विकाका लागि जोड दिने बताउनुभयो । कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष डोरमान गिरी तथा पत्रकार महासंघमा आवद्ध विभिन्न संघसस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्