पुर्बी नवलपरासीको विनयी खोलाको बगरमा एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।विनयीत्रिवेणी गाउँपालिका-२ खोला किनारमा बुधबार साझ बाघ मृत अवस्थामा फेला परेको हो । खोलामा पानी पिउन गएको बाघ केही समय पछि ढलेको भन्ने सुचनाको आधारमा वनको टोलि घटनास्थल पुग्दा बाघ मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कावासोतीका प्रमुख बसन्त केशव अधिकारीले बताए । बाघको पछिल्लो भागमा घाउ रहेको छ । पोथी बाटे बाघ के कति कारणले मरेको हो भन्ने बिसय पोस्ट मार्टम पछि मात्र एकिन हुने वन कार्यालयले जनाएको छ । पुर्बी नवलपरासीमा मात्र पछिलो चार महिनामा तीन वटा दुर्लभ पाटे बाघ मृत अवस्थामा फेला परेका छ्न ।