25.1 C
Kathmandu
Flowers in Chania

विनयी त्रिवेणीमा आत्मरक्षा तालिम

- Advertisement -Flowers in Chania

विनयी त्रिवेणी गाउँपालिकाका किशोरीहरुका लागि आत्म-रक्षा तालिम सुरु भएको छ ।
तालिमको एक कार्यक्रमकाबीच उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष भगवति बैदवारले तालिमले किशोरीहरुलाई आफुमाथि हुने हिंसाको प्रतिकार गर्न सिप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
वडा नं.४ का अध्यक्ष साहिल श्रेष्ठले सामान्य सिप हुदाँ पनि किशोरीहरु हिंसाबाट बच्न सक्ने भएकोले तालिम फलदायि हुने दाबी गर्नुभयो ।
अस्थायी प्रहरी चौकी सर्दिका इन्चार्ज धर्मराज थापाले किशोरीहरु माथि हुने हिंसा न्युनिकरणमा तालिमले सहयोग पु¥याउने अपेक्षा व्यक्त गर्नुभयो ।
हिंसामुक्त समुदाय अभियान समितिका अध्यक्ष लक्ष्मी पुलामीले हिंसाबाट बचाउन किशोरीहरुलाई सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो ।
विनयी त्रिवेणी गाउँपालिकाको सहयोगमा समितिले आयोजना गरेको तालिम वडा नं.१र२ को दुम्किबास, ३,४ र ५ को सर्दि तथा वडा नं.६ र ७ को त्रिवेणीमा ३।३ दिन सञ्चालन हुनेछ ।
तालिममा शान्ति बि.क., मोहन पल्लिमगर र कविता चौधरीले सहजीकरण गर्ने समितिका सचिव सुनिल खनालले जानकारी दिनुभयो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्