24.1 C
Kathmandu
Thursday, June 20, 2024
Flowers in Chania

नवलपुर जिल्ला लिग फुटवल प्रतियोगीता २०८१ सुरु

- Advertisement -Flowers in Chania

पुर्वी नवलपरासीमा ‘चौथो नवलपुर जिल्ला लिग फुटवल प्रतियोगीता २०८१’सुरु भएको छ । जिल्ला फुटवल संघ, नवलपुरको आयोजनामा सुरु भएको प्रतियोगीतामा जिल्ला भरीका १२ वटा क्ल्ब सहभागी छन् । कावासोती नगरपालिका १२ को डाइमण्ड युथ क्लबको खेल मैदानमा सुरु भएको प्रतियोगीताबाट उत्कृष्ट क्लबले प्रदेश स्तरीय लिग फुटवलमा सहभागी हुने जिल्ला फुटवल संघ , नवलपुरका अध्यक्ष सेतमान पुनले बताए । एन्फाको कार्यक्रम अन्र्तगत जिल्लामा रहेका खेलाडीहरुको स्तरवृद्धी र गाउंघरमा रहेका प्रतिभावान खेलाडीको पहिचान र छनोट गर्न प्रतियोगिता आयोजना गरीएको हो । प्रतियोगीतामा प्रथम हुने क्लबलाई प्रदेश स्तरीय लिगमा छनोट गर्नुका साथै नगद ८० हजार नगद , दोस्रो हुने समुहलाई ५० हजार र तृतिय र सान्तनालाई नगद २० हजार प्रदान गरीने छ । प्रतियोगीताको प्रायोजककोरुपमा सेन्टर कलेज अफ भोकेशनल टे«निङ्ग सेन्टर रहेको छ । प्रतियोगीतामा केन्द्रको ए , बी ,सी कुनै पनि लिग खेलाडी सहभागी हुन पाउने छैनन् । खेलाडी छनोट गर्दा एक समुहमा कम्तीमा पनि ५ जना खेलाडी १९ वर्ष उमेर समुहको राख्नुपर्ने प्रावधान छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्