पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरभित्र रहेका सामुदायिक भवनहरुलाई जेष्ठ नागरिक दिवा विश्राम स्थलको रुपमा प्रयोग गर्ने भएको छ । नगरभित्रका सामुदायिक भवनमा दिउँसोको समयमा भजन किर्तनगाउने , कथा बाचन तथा जेष्ठ नागरिकको अनुभव आदानप्रदान गर्ने थलोकोरुपमा बिकास गर्ने बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठले बताए ।
जेष्ठ नागरिक मुस्कान केन्द्रले मातातिर्थ औशिको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले सामुदायिक भवन कहिले काहीँ मात्र प्रयोग भैरहेकाले दिवा केन्द्रकोरुप मा प्रयोग गरिने बताए ।
आगामी आर्थिक बर्षदेखि जेष्ठ नागरिकको घरदैलोमै स्वास्थ्य परिक्षण गर्ने नगरको तयारी छ । जेष्ठ नागरिक मुस्कान केन्द्रले आयोजना गरेको सो कार्यक्रममा करिब २ सय बृद्धबृद्दाको मधुमेह र रक्तचाप परिक्षण गरिएको स्थानीय मधुसुधन अर्यालले बताए ।