पुर्बी नवलपरासीको कावासोती १५ मा रहेको बाघखोर गाउँलाई अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज घोषणा भएको छ । होमस्टे स्थापना भएको १० बर्ष पुगेको उपलक्ष्यमा पुरै गाउँलाइनै होमस्टेकोरुपमा बिकास गरिएको हो । अमलटारी मध्यबर्ती सामुदायिक होमस्टेले आयोजना गरेको एक समारोहमा गण्डकी प्रदेस सभा सदस्य पद्मा जिसी श्रेष्ठले बाघखोर गाउँलाई अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे भिलेज घोषणा गरेकी हुन् ।
अब यो गाउँमा रहेका सम्पुर्ण होटेल , रेस्टुरेन्ट र आवास लाई होमस्टेकोरुपमा परिणत गरिएको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनियाले बताए ।
होमस्टे भिलेज घोषणासंगै सन् २०३५ सम्म्मा रणनीतिक योजना लागू गरेर एक घर एक रोजगार ,सत प्रतिसत साक्षरता र दिगो गाउँ बिकासको लक्ष्य तय गरिएको छ ।
२०७० सालमा स्थापना हुदा थारु र बोटे समुदाएको १८ ओटा होमस्टे रहेको गाउँमा अहिले ३५ ओटा होमस्टे भएको छ ।