18.1 C
Kathmandu
Flowers in Chania

समयमा नै लिलाम बिक्री नहुदा ७० लाखको काठ कुहीदै

- Advertisement -

बर्दघाट सर्दि १ सय ३२ केभि प्रशारण लाईन विस्तारको क्रममा काटिएका काठ समयमा नै लिलाम बिक्री नहुदा काम नलाग्ने अवस्थामा पुगेको छ । पश्चिम नवलपरासीको बर्दघाट स्थीत पुर्व–पश्चिम राजमार्ग किनारामा रहेको बर्दघाट सरावल सबडिभिजन(वन)कार्यालय परिसरमा घाटगद्धि गरेर राखिएको करिब ७० लाख बराबर मुल्य पर्ने काठ कुहीन थालेको छ ।

७ हजार ७ सय ५२ क्युफिट काठ र २६ चट्टा दाउरा दुई वर्ष देखि सव डिभिजन कार्यालय परिसरमा रहेको छ । काठ कटानको समयमा एकीन तथ्याङ्क नभएको भन्दै लिलामी नहुदा राज्यलाई लाखौ रुपैया राजश्व घाटा लाग्ने अवस्थामा पुगेको छ ।सव डिभिजन कार्यालयका निमित्त वन अधिकृत चिन बहादुर यादवले काठ कटानको क्रममा एकिन विवरण नभएको र पछि घाटगद्धि गर्ने क्रममा पनि प्राविधिकहरुले ढिलाई गर्दा लिलाम बिक्री हुन नसकेको बताए । काठको लिलामी प्रकृयाको लागि सम्बन्धित निकायमा पत्राचार भैसेकेको र केही समयमा नै लालाम बिक्री हुने डिभिजन वन कार्यालयले जनाएको छ । यसैगरी पुर्वी नवलपरासीमा डिभिजन वन कार्यालय मातहतको ४ लाख भन्दा बढी क्युफुट काठ समयमा नै बिक्री नहुदा कुहीने अवस्थामा पुगेको छ । ढलेका तथा वन कार्यालयले प्रकृया अनुसार काटेका र तस्करबाट बरामद गरीएको काठ समयमा नै बिक्री नहुदा काठ कुहीन थालेका छन् । वन कार्यालय बाट प्रकृया पुर्याएर काटीएको काठ बिक्रीका लागि पटक पटक टेण्डर प्रकाशित गर्दा समेत व्यवसायीले टेण्डर नहालेपछि काठ बिक्री नभएको डिभिजन वन कार्यालय , नवलपुरका प्रमुख बसन्त केशब अधिकारीले बताए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्