18.1 C
Kathmandu
Flowers in Chania

मुख्यमन्त्री अन्तर प्रदेश पुरुष कबड्डी खेलको उपाधी लुम्बिनीलाई

- Advertisement -

पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न मुख्यमन्त्री अन्तर प्रदेश पुरुष कबड्डी खेलको उपाधी लुम्बिनी प्रदेशले जितेको छ । फाइनल प्रतिस्पर्धामा सुदुरपश्चिम प्रदेशलाई २८ अंकका विरुद्ध ६३ अंक प्राप्त गर्दै लुम्बिनीले उपाधी जितेको हो । जिल्ला खेलकुद विकास समिति र कबड्डी संघ नवलपरासीको आयोजनामा भएको प्रतियोगीतामा सात वटै प्रदेशका समुह सहभागी थिए । प्रतियोगिताको विजेता लुम्बिनी प्रदेशले नगद १ लाख ५० हजार र उपविजेता सुदुरपश्चिम प्रदेशले १ लाख नगद , शिल्ड र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगीताको उत्कृष्ठ खेलाडी लुम्बिनीका घनस्याम रोका घोषित भएको जिल्ला खेलकुद समिति नवलपरासीका अध्यक्ष रितमान कामु मगरले बताए। विजय भएका समुह र खेलाडीलाई लुम्बिनी प्रदेशका सांसद खडग बस्नेतले पुरस्कार तथा मेडल प्रदान गरेका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्