बिरेन्द्र पराजुली
गाउंपालिका अध्यक्ष , उपाध्यक्ष , प्रशासकिय प्रमुख सभा भित्र प्रवेश गर्दछन् । लगत्तै राष्ट्रिय गान बज्न सुरु हुन्छ ।सबै जनप्रतिनिधी नयां । वडा अध्यक्षहरु आफ्नो बेन्चमा बसीसकेका छन् । कार्यसुची यसअघि नै तय भैसकको छ । सबै जना नयां जनप्रतिनिधी निर्वाचित भएर आएको झल्को लाग्ने । सबै जना प्रतिनिधी युवा । आहा कति राम्रो दृष्य । यस्तै भयो मंगलबार हुप्सेकोट गाउंपालिकाको सभाहलमा । नमुना युवा संसदको नमुना गाउंपालिका सभामा सहभागी युवाले यस्तै अभ्यास गरे । झट्ट हेर्दा कुनै पालिकाको गाउसभा भन्दा कम थिए । मङ्गलबार हुप्सेकोट गाउपालिकाको नमुना गाउसभाको समापन कार्यक्रममा गाउसभाको सभालाई बिर्साईदिने गरेर युबाहरुले गरेको सभाले सहभागी सबैलाई नौलो अनुभव गरायो ।
रास्ट्रिय युबा परिषदको सहयोगमा हुप्सेकोट शिक्षा युबा तथा खेलकुद शाखाको आयोजनामा नमुना युबा गाउसभाको प्रशिक्षणको समापन कार्यक्रममा प्रस्ताबित नीति तथा कार्यक्रम बार्षिक अनुमानित बजेट लगायतको अभ्यासमा युवाहरु नमुना प्रतिनिधीकोरुपमा प्रस्तुत भएका थिए । सभाको निर्बाचन प्रकृयादेखी आर्थिक बर्षको बजेट कार्यक्रम , नितितथा कार्यक्रम , ऐन निवावली पारित लगायतका प्रकृया पूरा गरिएको थियो । बजेटमा चित्त नबुझेकाहरुले उठेर समय मागी नमुना गाउसभाका अध्यक्ष हुमन पान्डे र उपाध्यक्ष रितु घर्तिलाई प्रस्न गरे । सहभागीले गरेको प्रश्नको उत्तर समेत चित्त बुज्दो ढङ्गले नमुना गाउँसभाका अध्यक्ष हुमन पाण्डेले दिए । नजिकै बसेर नियालिरहेका हुप्सेकोट गाउपालिका अध्यक्ष लक्ष्मी पान्डेले यो कुनै पालिकाको सभा भन्दा कम नभएकोर यसले आफुलाई भोलिका दिनमा हुने पालिकाको गाउसभालाई ब्यवस्थित गर्न सुझाव आएको बताईन् । रास्ट्रिय युबा परिषदको सहयोगमा संचालन गरियको नमुना गाउसभाको युबाहरुलाई चैत१० देखि१३ सम्म रन्जित कुमार शर्माले प्रशिक्षण दिएका थिए । १८ बर्ष देखि २४ बर्ष सम्मका हुप्सेकोट गाउपालिकाका २८ जना युबाहरु कार्यक्रममा सहभागी भएका थिए । हुप्सेकोट गाउपालिका वडा न ५ का वडा अध्यक्ष पदम बहादुर रानाले यो कार्यक्रम आफुले वडा र पालिकामा हुने नीति तथा कार्यक्रमको लागि दिशानिर्देस गरेको बताए । कार्यक्रममा सहभागी युबा सभाका नमुना वडा अध्यक्ष लाल सिंह सारुले यो प्रशिक्षण कार्यक्रमले पालिकामा युबाहरुलाई सहभागी गराउनमा जोड दिएको बताए । बजेटमा युबाहरुको आबाज , स्वास्थ्य शिक्षा र रोजगारका बिषयलाई प्राथमिकता राख्न समेत समापन कार्यक्रममा पालिका अध्यक्ष लक्ष्मी पाण्डेलाई अनुरोध गरेका थिए । समापन कार्यक्रममा गण्डकी प्रदेसका पुर्ब माननीय बिष्णु प्रसाद लामिछाने , गाउपालिकाका उपाध्यक्ष पुर्ण सिंह सारु वडा न ४ का वडा अध्यक्ष महेन्द्र पान्डे प्रसासकिय अधिकृत टंक नाथ घिमिरे शिक्षा शाखाका माधब गौतम लगाएतकाको उपस्तिथि रहेको थियो ।
- Advertisement -
- Advertisement -
- Advertisement -