अरुणखोला सामुदायिक वनले अग्नि रेखा सरसफाईको लागि वन हेरालुहरुलाई सुरक्षा सामाग्री वितरण गरेको छ । गर्मी मौसम सगै जङ्गलमा आगलागी हुनेहुदा वन जोगाउनको लागि हेरालुलाई सामाग्री वितरण गरेको सामुदायिक वनका अध्यक्ष मन सिह खत्रीले बताए । हेरालुको लागि लाईट , ड्रेस , पानीका बोतल , बेल्चा र अन्य आबस्यक सामाग्री वितरण गरिएको हो । पुर्ब पश्चिम राजमार्ग सङ्ग जोडिएको सामुदायिक वन भएकोले पनि यस क्षेत्रमा डढेलो लाग्ने जोखिम उच्च हुदा १५ जना हेरालुलाई अग्नि नियन्त्रण सम्बन्धी प्रशिक्षण प्रदान गरेर काममा खटाईएको अरुणखोला सामुदायिक बनका कोषाध्यक्ष बिन्दु पोख्रेल काफ्लेले बताइन । नवलपुर जिल्ला गण्डकी प्रदेसमानै सबै भन्दा बढी आगलागी हुने जिल्लामा पर्छ । सामुदायिक बनले आफ्नै श्रोत साधनबाट् संरक्षण अभियान संचालन गरिएको पोख्रेलले बताईन । व न क्षेत्रमा पोखरी निर्माण , अग्नि रेखा निर्माण र हेरालुलाई प्रशिक्षण तथा सुरक्षा सामाग्री वितरण गरिएको छ । अरुणखोला सामुदायिक बन ३५० हेक्टरमा फैलिएको र ८३५ घरधुरी सदस्य छन । सामुदायिक वनमा पछिल्लो समयमा सिकारीहरुले जनावरलाई पासोमा पार्न र बर्षाको समयमा च्याउहरु उमार्ने उद्देश्यले जङ्गलमा आगलागी गर्दा अन्य मानबिय र धनजनको समेत क्षति रोक्नको लागि मौसमी हेरालुहरु भर्ना गरेर सुरक्षा गरिएको सामुदायिक बनले जनाएको छ ।