8.1 C
Kathmandu
Flowers in Chania

बुलिङ्ग,गड्गडीघाट पुल निर्माणमा ढिलासुस्ती

- Advertisement -

नवलपरासी ७ चैत ।
घनश्याम बगाले । नवलपरासी
नवलपुरलाई प्रदेश राजधानी पाेखरा जाेड्ने गड्गडी स्थित काली गण्डकी माथिकाे माेटरेवल पुल निर्माण अलपत्र परेकाे छ ।
प्रारम्भमा काम देखाएकाे ठेकदार कम्पनी लुम्बिनी स्वच्छन्द नागार्जुन जेभीले बिचमा आएर काममा ढिलासुस्ती गर्दा पुल अलपत्र परेकाे हाे ।
झण्डै ७ वर्ष अघि पुल निर्माण ठेक्का हात पारेकाे कम्पनीले काम गरेकालाई समयमा भुक्तानी र मजदुरकाे रासनपानीमा चासाे नलिदा कामदारहरू साईट छाडेर हिड्ने गरेकाे स्थानीयहरू बताउछन् ।
ढिलासुस्तीकै कारण निर्माण स्थलमा झरेका सिमेन्ट,फलामे डण्डी बर्सेनि बिग्रदै र मक्किदै गएकाे छ ।
नदीमा ४ वटा खम्बा रहने गरि डिजाइन भएकाे पुलमा अझ सम्म दक्षिण पिलर ढलाई पूरा भएकाे छैन ।
पिलर हाल्न गत वर्ष कम्पनीले कालीकाे बहाव उत्तर फर्काए पनि कामै नभई वर्षा लागेकाे थियाे ।
यस वर्ष साेही प्रयाेजनमा नदी फर्काएकाे ठेकेदार कम्पनीले काममा थप चासाे नदिदा कतिपय मजदुर बाटाे लागि सकेकाे बताईन्छ ।
यसै सम्वन्धमा स्थानीय रिसिङ्ग गाउँ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ ठेकदार गतिलाे परेन छ, उसकै लापरबाहीले पुल नबनेकाे हाे, हामीले दिनहुँ फाेन गरेका छाैं ।
निर्माण स्थलमा ठेकेदारकाे उपस्थिति नहुँदा, याेजना बद्ध काम हुन सकेकाे छैन् , ल्याईएका मेसिन ओैजार, प्राविधिक जनशक्ति,मजदुर केही दिन बस्ने र आफ्ना सामान लिई हिड्ने गरेकाे बताईन्छ ।
यसै सम्बन्धमा तनहुँ २ का संघीय सांसद शंकर भण्डारीकाे एउटै उत्तर छ ठेकेदारलाई ताकेता गरेकै छाैं, गर्छु गर्छु भन्छ, काम गरेकाे देखिदैन् ।
स्थानीय बुलिङ्गटार ४ का वडाध्यक्ष मीन बहादुर आले समयमा पुल नबन्दा उत्तरी क्षेत्रकाे यातायात तथा मानिसकै आउ जाउमा कठिनाइ भएकाे बताउनु हुन्छ ।
समयमा पुल निर्माण भए तनहुँ जिल्लाकाे रूपटार, भिरकाेट, काेटदरबार, राम्जाकाेट, पिपलटार तथा नवलपरासी पूर्वकाे बुलिङ्ग,अर्खला, भारतीपुर लगायत नवलपुरका गाउँ नगर साेझै यातायात सम्पर्कबाट जाेडिनेछन् ।
पुल निर्माणमा भएकाे ढिलाइका सम्वन्धमा संघीय सडक अनुगमन कार्यालय , पुल सेक्टर पाेखराका प्रमुख ज्ञानेन्द्र प्रसाद कलाैनी निर्माणमा भएकाे ढिलासुस्ती ठेकदारकै कारण भएकाे बताउनु हुन्छ ।
हामीले निर्माण क्षेत्रमा निरन्तर अनुगमन गरेका छाैं , ठेकेदार सम्पर्कमा आएर सम्झाैता अनुसार ताेकिएकाे काम गर्दै गए रकम भुक्तानीमा समस्या नभएकाे कलाैनीकाे भनाई रहेकाे छ ।
कलाैनीका अनुसार ठेकदार निर्माण कर्मबाट टाढा रहिरहने र पायल क्याप सकेर फाउन्डेसन पूरा नगरे ठेक्का ताेड्ने सम्मकाे निर्णय हुने छ ।
यसै सम्वन्धमा पुलका ठेकदार दिपक सिंह गत वर्षकाे कामकाे भुक्तानी नपाएकाे, म्याद थप नभएकाे, चरम मन्दी र आर्थिक संकट बीच पनि काम अघि बढेकाे बताउछन् ।
ठेकेदारले काममा ढिलाइ गरि रहदा पुल निर्माणका लागि थपिएकाे म्याद पनि गत असार देखिनै सकिएकाे छ ।
स्थानीयहरू सम्वद्ध निकायले ठेकदार बाेलाई काम गराउदै कार्यक्षेत्रबाटै भुक्तानी दिने नीति अवलम्बन गरेर पनि पुलकाे कार्य सक्नु पर्ने बाउछन् ।
हाल सम्म ४५ प्रतिसत भाैतिक प्रगति रहेकाे पुलकाे काम निर्माण कम्पनीले गत २०७६ बैषाख भित्रै सम्पन्न गरि सक्नु पर्ने थियाे ।
२०७३ असार २९ गते सम्झाैता भएकाे प्रिस्टेस्ड कंक्रिड माेडलमा बन्ने गड्गडी पुलकाे लागत भ्याट सहित २६ कराेड रूपैयाँ रहेकाे पुल सेक्टर पाेखराले जनाएकाे छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्