चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर पुर्वी नवलपरासीबाट १० वटा वयस्क गैडालाई निकुञ्जको पुर्वी सेक्टर चितवनमा स्तान्तरण गर्ने काम सुरु भएको छ । शुक्रवार पुर्वी नवलपरासीको नवदुर्गा सामुदायिक वनबाट एउटा भाले गैडा डार्ट गरेर चितवन लगिएको छ । सन् २०२१ को गणना अनुसार निकुञ्ज क्षेत्रमा ६ सय ९४ वटा गैडा गणना भएको अधिकासं गैडा पश्चिम सेक्टर पुर्वी नवलपरासीतर्फ भएकाले स्तान्तरण गर्न लागिएको हो । गैडाको संखया बढी भएपछि बस्तिमा पस्ने र जनधनको क्षती पुर्याउने तथा आहाराको कमी हुने हुनाले गैडा स्तान्तरण गरीएको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेश तिवारीले बताए ।
५ वटा हात्तीमा खटिएका प्राविधिकहरूको टोलीले पुर्वी नवलपरासीको सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा रहेका गैडालाई नियन्त्रणमा लिएर स्तान्तरणको काम गरीरहेका छन् । यस पटक १० वटा गैंडा स्थानान्तरण गर्ने तयारी छ । त्यस अन्तर्गत पहिलो चरणमा ६ वटा गैंडालाई नवलपरासीबाट चितवनको सौराहा क्षेत्रको निकुञ्ज क्षेत्रमा छाडीने निकुञ्जले जनाएको छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -