बन डढेलो नियन्त्रण तथा ब्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय बैठकमा बन जङ्गलमा लाग्ने डढेलो रोकथामको लागि जन चेतना जगाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन ।प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षयतामा सम्पन्न बन डढेलो नियन्त्रण छलफल र बैठकले बिहिबार चैत १ गते देखि बन डढेलो नियन्त्रण सप्ताह सन्चालन गर्ने विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गर्ने जिल्ला बन कार्यालय प्रमुख वसन्त केसब अधिकारिले बताए ।
नवलपुर जिल्ला गन्डकी प्रदेसकै सबै भन्दा बढी बन डढेलोको जोखिमा रहेको जिल्लामा पर्छ । सुख्खा खडेरी र गर्मी मौसम सगै बन जङ्गलमा डढेलो लाग्ने प्रबल सम्भावना रहेकोले कसरी डढेलो बाट बच्न सकिने विषयमा छलफल भएको थियो । गण्डकी प्रदेसमा सबै भन्दा बढी बन जङ्गल रहेको जिल्ला नवलपुर रहेकोले पनि डढेलोको जोखिममा नवलपुर रहेको छ । पहाडी क्षेत्रमा खेतिपाती सप्रीन्छ भनेर जानिजानि डढेलो लगाउने त तराई क्षेत्रमा च्याउ , न्युरो लगायतका बर्खाको समयमा टिप्नको लागि पनि डढेलो लगाउने प्रचलन रहेको कार्यक्रममा बताईयको थियो । जिल्ला बन कार्यलयले बन डढेलो बाट जोगाउनको लागि जिल्ला प्रहरी , ससस्त्र प्रहरी र नेपाली सेनालाई सुरक्षा सामाग्री हस्तान्तरण गरेको थियो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख बाबुराम बिक , कावासोती नगरपालिका प्रमुख बिष्णु प्रसाद भुसाल , सहायक प्रमुख जिल्ला अधिकारी मुक्ती प्रसाद रिजाल , जिल्ला प्रहरी प्रमुख , जिल्ला रेडक्रस , सामुदायिक बन , नेपाल पत्रकार महासंघ लगायतको उपस्थिति रहेको थियो ।