२०७६ साल बैशाख ७ गते तामझाम सहित शिलन्यास भएको नवलपुरको नमुना सदरमुकाममा सरकारी कार्यालय निमार्णको काम सुरु हुने भएको छ । जिल्ला प्रशासनमा मंगलबार सम्पन्न राजनितिक दल , प्रशासन र सरोकारवालाको छलफललले भवन निमार्णको लागि खरिद प्रकृया सुरु गर्ने निर्णय गरेको हो । जिल्लाका राजनितिक दल , प्रदेश तथा संघिय सांसद , जिल्ला समन्वय प्रमुख सहितका प्रतिनिधीले सदरमुकामको काम अगाडी बढाउन पटक पटक केन्द्रिय सरकारलाई दवाब दिदै आएका थिए । अर्थमन्त्रालयमा रोकीएको फाईल केही दिन अगाडी मात्र बजेट सुनिश्चितता भएपछि थप प्रकृया अगाडी बढेको हो । पहिलो चरणमा जिल्ला प्रशास र दुई वटा एकीकृत भवन निमार्णको लागि सघन सहरी तथा भवन निमार्णण विभाग चितवन मार्फत प्रकृया अगाडी बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको थियो। नमुना सदरमुकाम निर्माणस्थलमा सङ्घ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय निर्माण गर्ने गरी प्रारम्भिक गुरुयोजना तयार पारिएको थियो। साथै पुस्तकालय, सभा हल, बैङ्क, अतिथिगृह, आवास गृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, पार्कलगायतका संरचनासमेत निर्माण गर्ने योजना रहेको छ।