8.1 C
Kathmandu
Flowers in Chania

जनता प्रगतिशील , तमलोपा र जनमत पार्टी बिच कार्यगत एकता

- Advertisement -


हृदयस त्रिपाठीको जनता प्रगतिशील पार्टी , बृषेश चन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक र डा .सिके राउत नेतृत्वको जनमत पार्टी बिच ७ बुदे सहमती भएको छ । संविधान संसोधन , तराई मधेस र मुलुकमा सुशासन र समृद्धिको लागि कार्यगत एकता गर्ने गरेर सहमती भएको जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयस त्रिपाठिले बताए । त्रिपाठीको अगुवाइमा केही दिन देखि दलहरु बीच कार्यगत एकताको लागि छलफल भैरहेको थियो । बाकी रहेका दलहरु सङ पनि छलफल भैरहेको त्रिपाठीले बताए । काठमाडौमा चार दलका नेता बिच सहमती पत्रमा हस्ताक्षर भएको हो । लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै संविधानको संसोधन गर्ने भनेपनि के कुरामा संसोधन गर्ने भन्ने उल्लेख छैन । बिधमान सबै प्रकारको विभेद अन्त्य गर्ने , उत्पादनमुखी अर्थतन्त्र स्थापित गर्ने , गुणस्तरीय र सर्बसुलभ स्वास्थ , शिक्षा र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने लगाएका बुदा सहमती पत्रमा उल्लेख छ ।।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्