25.1 C
Kathmandu
Flowers in Chania

किसानलाई चैते धान लगाउने चटारो

- Advertisement -Flowers in Chania

पूर्वी नवलपरासीमा चैते(हिउदें) धान रोपाइँ तर्फ किसानको आकर्षण बढेको छ । भुमिगत सिँचाइ र सिमसार क्षेत्रका वरपरका किसानलाई अहिले धान रोप्न भ्याईनभ्याई छ । जिल्लाको कावासोती,गैँडाकोट,देवचुली , मध्यविन्दु नगरपालिका , विनयी त्रिवेणी, बुलिङटार र बौद्धिकाली गाउँपालिकाकमा चैते धान हुदै आएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीका अनुसार असारमा लगाईने धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले यस तर्फ किसानको आकर्षण बढेको हो । ‘वर्षामा लगाउने धान भन्दा हिउदेमा लगाउने धानको उतपदन पनि बढी हुने गर्दछ ।’उनले भने,‘ खेतीमा रोग पनि कम लाग्ने हुनाले किसान यो अ‍ेतीतर्फ आकर्षित भएका छन् । किसानले ५० प्रतिसत अनुदान पाउने भएपछि बांझो रहेको जमिनमा पनी अहिले किसानले धान लगाउन थालेका छन् ।’ हरेक वर्ष दुई देखि तीन सय हेक्टर सम्म क्षेत्रफल बढ्दै गएको छ । गत वर्ष एक हजार दुइ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा यस वर्ष एक हजार तीन सय २५ हेक्टर क्षेत्रफलमा चैते धान हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । कावासोतीका पतिराम महतोको ७ कठ्ठा खेत छ । ५ जनाको परिवारका लागि १ सिजनको धानले खान पुग्दछ । एक सिजनको धान बिक्री गर्ने गर्दछन् । ‘ चैते धानले खान पुग्दछ , असारमा रोपेको धान बाट उत्पादन भएको फसल बेचेर घरको सामान्य खर्च टार्ने गर्दछु । ’महतोले भने । कृषि ज्ञान केन्द्रले चैते धान रोप्नका लागि कृषक लाई प्रोत्साहन गर्न अनुदान दिन थालेपछि किसानमा हौसला बढेको छ । यस क्षेत्रका सवै किसान लाई हिउदें धान लगाउने रहर भएपनी पर्याप्त सिचांईको अभावमा जिल्लाका सयौ विगाहा खेतियोग्य जमीन बाझेँ राख्नुपर्ने वाध्यता छ ।सिचाईको प्रयाप्त ब्यवस्था हुने हो भने धान उत्पादन बढ्ने र ब्यवसायिकरुपमा धान खेतीगर्ने किसानको संख्या बढ्ने थियो । चैतेधान लगाउने किसानलाई प्रोत्साहन गर्न मल , बीउंको लागि स्थानीय तहले ५० प्रतिसत अनुदान दिन थालेपछि किसान उत्साहित भएका हुन् । गत वर्ष जिल्लामा ६ हजार १ सय २३ मेट्रीक टन धान उत्पादन भएको थियो ।यस वर्ष उत्पादन बढ्ने आकलन गरीएको छ । यस क्षेत्रमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरीन्छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्