पुर्वी र पश्चिम नवलपरासीका पशुपालन गर्ने किसानले दूधको भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शन सहित राजमार्ग अवरुद्ध गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाट र पुर्वी नवलपरासीको कावासोतीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर नरााबाजी सहित प्रदशर्न गरेका हुन् । बिरोध स्वरुप किसानले सडकमा नै दूध खन्याएर सरकार विरुद्ध नाराबाजी गरेको दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष गोापल श्रेष्ठले बताए ।
मिल्क होलिडे बन्द गर , भुक्तानी तत्काल दे , दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने माग गरेका थिए । नाराबाजी सहित एक घण्टा राजमार्ग अवरुद्ध गरेर बर्दघाट नगरपालिका अगाडी प्रदशर्न सहित कोणसभा गरेका थिए । पुर्वी नवलपरासीमा ५० हजार लिटर दुध दैनिक उत्पादन हुदै आएको छ । भने १५ हजार किसान यो पेशामा आवद्ध छन् । किसानले ६ महिना देखि दुधको भुक्तानी पाएका छैनन् ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
