18.1 C
Kathmandu
Flowers in Chania

दशबुंदे प्रतिबद्धता पत्र जारी गर्दै नेपाल बर्ड फेयर २०८० सम्पन्न

- Advertisement -


(नवलपुर)-दशबुंदे घोषणा पत्र जारी गर्दै पुर्वी नवलपरासीको कावासोतीमा दोस्रो नेपाल चरा उत्सव २०८० सम्पन्न भएको छ । शुक्रबारबाट सुरु भएको उत्सवमा देशभरका संरक्षणकर्मी , पंक्षीविद् र वाईल्ड लाईफ फोटो ग्राफर र सरोकारवालाको सहभागिता रहेको थियो । पोखरा पंक्षि समाजलको आयोजना र जटायु रेष्टुरेन्ट नवलपुर , बर्ड एजुकेसन सोसाईटी चितवन सहआयोजक रहेको उत्सवले जलबायु परिवर्तन , बढ्दो विषाधीको प्रयोगले पशुपक्षीमा नकरात्मक असर पारेको उल्लेख छ ।
प्राकृतिक सम्पदा , सिमसार क्षेत्रमा काम गर्दा अनिवार्यरुपमा विज्ञको सुझाव लिन अनिवार्य गर्नुपर्ने , संरक्षणको कार्ययोजना बनाउदा स्थानीय समुदायको ज्ञान , सिप र प्रविधीलाई आवश्यक्ता अनुसार प्रयोग गर्नुपर्ने , चराका उपप्रजातीको संरक्षणको लागि विशेष कार्यविधी बनाएर अनुसन्धानमा जोड दिनुपर्ने , विद्यमान चरा संरक्षणको कार्ययोजना पुर्णरुपमा कार्यान्वयन गर्नुपर्ने लगाएतका दश बुंदे प्रतिबद्धता जारी गरेको चरा विद् एवंम जटायु रेष्टुरेण्टका संयोजक डिबी चौधरीले बताए । चरा र तिनका बासस्थानको सरक्षण, जनचेतना र पर्यटनको बिकासको बारेमा छलफल र प्रदर्शनी स्टल राखिएको थियो । पंछि तथा जैविक विविधता क्षेत्रमा आवद्ध ३९ संस्थाका प्रतिनिधि, भारत,भुटान लगाएत विभिन्न देशका प्रतिनिधीहरुको सहभागिता थियो । चरा उत्सवको समापन गर्दै गण्डकी प्रदेशका कृषि तथा भुमी व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले चरा संरक्षणको लागि दिगो कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । यसका लागि सिमसार क्षेत्रको संरक्षणमा ध्यान दिएर चराको संरक्षणसंगै पर्यापर्यटनको विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका थिए ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्