पुर्वी नवलपरासीको मध्यविन्दु २ कोल्हुवामा शनिवार देखि सुरु भएको राईनो संरक्षण कपको उद्घाटन खेलमा सेन्टर कलेज फोर ब्रदर भुमहीले विजय सुरुवात गरेको छ । बिरगञ्ज युथ लाई १ का विरुद्ध २ गोल गर्दै भुमहीले विजयी सुरुवात गरेको हो । पहीलो हाफ गोलरहित बराबरी भएको खेलमा दोस्रो हाफमा भुमहीका बिनोद केवटले दोस्रो हाफको १८ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिएका थिए । निकै रोमाञ्चक खेलमा बिरगञ्जका विकास चौधरीले दोस्रो हाफको ४४ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर , लगत्तै दोस्रो हाफको ४५ औ मिनेटमा भुमहीका फागुराम थारुले आकर्षक गोल गर्दै विजय सुनिश्चित बनाएका थिए । प्रतियोगिता अन्र्तगत आईतबार हनामी बिएफसी फुटबल क्लब चितवन विरुद्ध गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगीताको गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले उद्घाटन गरेको आयोजक राईनो क्ल्बका अध्यक्ष दोमन भण्डारीले बताए ।
विगत २० वर्ष देखि राईनो युवा क्ल्व मध्यविन्दुले संचालन गर्दै आएको प्रतियोगितामा विभागीय नेपाल आर्मी , सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिम , लुम्विनी , बागमती र गण्डकी प्रदेश , मछीन्द्र , संकटा लगाएत १२ वटा टिम सहभागी हुदैछन् ।
पुर्वी नवलपरासीको मध्यविन्दु ४ स्थित खेल राईनो रंगशालामा खेल संचालन हुने छ । कोरोनाको कारण २०७८ र ८९ सालमा प्रतियोगीता संचालन भएको थिएन् । यस वर्षबाट खेललाई निरन्तरता दिने आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुनेलाई ८ लाख , दोस्रोलाई ४ लाख नगद , शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् ।सेमी फाइनलमा पुग्ने सबै टिमलाई एन्फाको नियमानुसार सुविधा उपलब्ध गराईने छ ।
एक सिगें गैडाको संरक्षणमा जनचेतना जगाउने उदेश्यले हरेक वर्ष यो खेल आयोजना हुदै आएको छ ।यसअघि नन्दभाउनु मध्यवर्ती उपभोक्ता समिति र चितवन राष्ट्रिय निकुञ्जको आयोजनामा हुने खेल यस वर्षबाट राईनो युवा कल्वले संचालन गर्ने छ । गण्डकी प्रदेश खेलकुद परिषदका सलस्य सचिव श्रीधर शर्माले मुलुकभरी नै वन र वन्यजन्तुको संरक्षणको लागि जनचेतना संगै खेललाई विकास गर्न प्रतियोगीता महत्वपुणर् भएकाले यसलाई निरन्तरता दिने बताए । २० वर्ष अगाडी भाले कप बाट सुरु भएको खेल २०७० साल देखि एक सिगें गैडाको संरक्षणमा जनचेतना जगाउनका लागि प्रतियोगीता आयोजना हुदै आएको छ । राईनो क्ल्वले आगामी दिनमा एक सिगें गैडा पाईने मुलुकहरुबीच मैत्रीपुणर् फुटवल प्रतियोगीता आयोजना गर्ने लक्ष्य लिएको छ ।
- Advertisement -![]()
- Advertisement -

- Advertisement -
