पुर्वी नवलपरासीको कावासोतीमा प्रथम जिल्ला स्तरीय खुल्ला मेन्टर क्रिकेट कप प्रतियोगिता हुने भएको छ । फागुन २ गतेदेखि प्रतियोगिता आयोजना गरीएको आयोजक संस्था मेन्टर एज्युकेशनले मंगलबार कावासोतीमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । कुमारवर्ती क्याम्पसको खेल मैदानमा हुने प्रतियोगीतामा २० टिमको सहभागिता रहने प्रतियोगीता संयोजक किरण भुर्तेलले बताए । नक आउट चरणमा हुने प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ५५ र दोस्रो हुनेले २५ हजार १ सय ५५ र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगीता भरमा म्यान उत्कृष्ट बलर , गेम अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान ले मेडलसहित नगद २ हजार ५ सय प्राप्त गर्ने आयोजकले जनाएको छ ।