18.1 C
Kathmandu
Flowers in Chania

डीआइजी अर्जुन चन्दले दिए राजीनामा

- Advertisement -

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख डीआइजी अर्जुन चन्दले पदबाट राजीनामा दिएका छन् ।

गत वैशाखमा विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी लिएका चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् । गत साता विमानस्थलमा प्रहरीले अध्यागमन अधिकृत छाया मोक्तानलाई सुरक्षा जाँच गरेको विषयलाई लिएर विवाद भएको थियो । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले डीआइजी चन्द मातहतमै रहेर काम गरेका प्रहरी सहायक निरीक्षक सञ्जय तामाङलाई निलम्बन गर्न सिफारिस गरेको थियो । 

प्रहरीलाई मात्रै आरोप लगाएर सुरक्षा मापदण्ड पालना नगर्ने अध्यागमन अधिकृतलाई उन्मुक्ति दिन खोजेको भन्दै डीआइजी चन्दले राजीनामा दिएको उनी निकट एक अधिकृतले बताए । त्यस्तै विमानस्थलबाटै अवैध रुपमा भिजिट भिसामा विदेश जान खोज्नेलाई रोक्न डीआईजी चन्दले कडाइ गरेका थिए । त्यसलाई लिएर पनि उनीमाथि राजनीतिक रुपमा चर्को दबाब परेको थियो । तर, उनले त्यसलाई प्रतिवाद गर्दै आएका थिए ।

महानिरीक्षक बसन्त कुँवरकै ब्याजी रहेका चन्दले भने आफूले राजीनामा दिएको विषयमा केही नबोल्ने बताए । विमानस्थलको सुरक्षाको विषयलाई लिएर प्रश्न उठिरहेकै बेला प्रहरी प्रमुखले राजीनामा दिएको विषयमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले प्रष्ट पारेका छैनन् ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्