8.1 C
Kathmandu
Flowers in Chania

संघीयतामा प्रश्न चिन्ह : नेता.शशांक कोइराला

- Advertisement -



नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा.शशांक काेईरालाले संघीयता कसैकाे  मनमस्तिष्कमै नभएकाेले यसमा प्रश्न चिन्ह लागेकाे बताउनु भएकाे छ ।
काेईरालाले संघीयता संविधानमा लिपिबद्ध भए पनि केन्द्र  र स्थानीय तहले मात्र अधिकार प्रयाेग गरिदिदा बिचकाे तह ओझेलमा रहेकाे बताउनु भयाे ।
संघीयता राम्राे पद्धति हाे, यसलाई चलायमान गर्न मानसपटलमा परिवर्तन जरूरी छ काेईरालाकाे भनाइ थियाे ।
बिहिबार नवलपरासी पूर्व स्थित प्रजातन्त्र सेनानी स्वर्गीय नेत्र प्रसाद भुसाल पत्रकारिता अक्षयकोष घाेषणा समारोहमा प्रमुख अतिथि काेईरालाले संचारकर्मी माझँ साे बिचार राख्नु भएकाे हाे ।
अर्काे प्रश्नमा डा. काेईरालाले आउदाे काँग्रेस महासमिति बैठकमा हिन्दु धर्म र संघीयता एजेन्डा बनेर आउँछ भन्नू हुदै धर्ममा सवैकाे विश्वास हुने भएकाले निरपेक्ष भन्ने नेगेटिभ शब्द हाे धर्ममा सापेक्ष निरपेक्ष केही  रहनु हुदैन् ।
काेशी प्रदेश घटनाले राजनैतिक माहाैलमा झड्का लागे पनि
काँग्रेस नेता काेईरालाले सरकार परिवर्तन र गठवन्धनका सम्वन्धमा दलीय सहमति अनुसार यसले निरन्तरता पाउने बताउनु भयाे ।
स्वर्गीय भुसालकाे  स्मृतिमा स्थापित  १ लाख राशीकाे अक्षयकोषकाे चेक भुसाल परिवारद्वारा नेपाल प्रेस युनियन नवलपुर शाखालाई हस्तान्तरण गरिएकाे थियाे ।
अक्षयकाेषबाट प्राप्त आयले जिल्लामा क्रियाशील रही प्रजातन्त्र र समाज रूपान्तरणका बिषयमा कलम चलाउने पत्रकार सम्मानित गरिने काेषका संरक्षक झपेन्द्रेश्वर भुसालले बताउनु भयाे ।
अक्षयकाेष घाेषणा कार्यक्रममा  भुसालले समाजवादी शैलीमा  आफ्ना कान्छा छाेरा मिलन र बुहारी दिक्षाकाे शुभविवाहमा वर वधुलाई आशिर्वाद दिन चियापानकाे आयाेजना गर्नु भएकाे थियाे ।
अक्षयकोष  घाेषणा कार्यक्रम प्रेस युनियन जिल्ला सभापति खगराज सापकाेटाकाे अध्यक्षता,उपाध्यक्ष सुजन अधिकारीकाे स्वागत तथा सहसचिव सदिक्षा गैरेकाे सञ्चालनमा सम्पन्न भएकाे हाे । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्