8.1 C
Kathmandu
Flowers in Chania

दाेश्राे चरा उत्सव कावासाेतीमा

- Advertisement -


घनश्याम बगाले -पूर्वी नवलपरासीकाे कावासाेती १३ मा दाेश्राे नेपाल चरा उत्सव हुने भएकाे छ ।
उत्सव आयाेजक पाेखरा पंक्षि समाजले बिहिवार पत्रकार सम्मेलन गरि साे जानकारी दिएकाे हाे ।
यही माघ २६ देखि २८ गते सम्म चल्ने सेकेन्ड नेपाल वर्ड फेयरमा चरा र तिनका बासस्थानकाे सरक्षण, जनचेतना तथा चरा पर्यटनकाे बिकास मुख्य उदेश्य रहेकाे छ ।
वर्ड फेयरमा स्थानीय विभिन्न बिद्यालयका करिव ४५ सय छात्रछात्रा,पंछि तथा जैविक विविधता क्षेत्रमा आवद्ध ३९ संस्थाका प्रतिनिधि, भारत,भुटान, श्रीलंका,मलेसिया,स्विजरल्याण्ड,अमेरिका लगायत विभिन्न  देशका टुर अपरेटर्सहरूकाे सहभागिता रहने छ ।
वर्डफेयरकाे सह आयाेजकमा जटायु रेष्टुरेन्ट व्यवस्थापन समिति नवलपुर र बर्ड एजुकेसन साेसाईटी चितवन रहेकाछन् ।
त्यसै गरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभाग राष्ट्रिय प्रकृति संरक्षण काेष, नेपाल पंछि संरक्षण संघ, नेपाल पंछिविद संघ, वर्डस नेपाल र प्रकृतिका साथिहरू समन्वय तथा साझेदारका रूपमा रहेकाछन् ।
पहिलाे बर्ड नेपाल फेयर सन २०१८ कास्की जिल्लाकाे  पाेखरामा सम्पन्न भएकाे  चरा उत्सवका संयाेजक मनशान्त घिमिरेले बताउनु भयाे ।
बर्ड फेयरमा पंछि पहिचान तालिम, ट्रेल प्याकेज, फाेटाे प्रदर्शनी, पंछि चित्रकला प्रतसयाेगिता, ,जंगल सफारी,गिद्दका गतिविधि अवलोकन लगायतका  कार्यक्रम रहेकाछन् ।
पत्रकार सम्मेलन कार्यक्रमका अध्यक्ष डिवी चाैधरीले चरा पर्यटन नेपालका लागि अत्यन्त  हत्वपूर्ण क्षेत्र भएकाे बताउनु भयाे ।
जटायु रेष्टुरेन्ट वयवस्थापन समिति अध्यक्ष समेत रहनु भएका चाैधरीका अनुसार विश्वका चरा पारखीहरू एउटै चराकाे आनिबानी हेर्न हप्ताै बिताउने गर्दछन् । 

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्