24.1 C
Kathmandu
Friday, June 14, 2024
Flowers in Chania

टिपर र यात्रुबहाक बस ठक्कर खादा १७ यात्रु घाइते

- Advertisement -Flowers in Chania

पुर्ब पश्चिम राजमार्ग अन्तर्गत पश्चिम  नवलपरासीको सुनवलमा यात्रु बहाक बस र  टिपर एकआपसमा ठक्कर खादा १७ जना यात्रु घाइते भएका छन । काठमाडौबाट बाजुराका लागि हिडेको  सु.प.प्र ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल तर्फ आउदै गरेको  लु २ ख १६९६ नम्बरको टिपर बिहीवार राती सुनवल – ४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले बताए ।  घाइते मध्य १३ जनाको देवदह मेडिकल कलेज भलुही,४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको  छ ।घाइते मध्य १ जनाको अवस्था गम्भीर , ७ जना मध्य र ९ जनाको अवस्था सामान्य रहेकोे छ ।  दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्